मतदानका दिन सार्वजनिक विदा - Naya Online

मतदानका दिन सार्वजनिक विदा

शैक्षिक संस्थाहरु एक साताका लागि बन्द

काठमाडौं, २१ वैशाख । सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने तीन वटै प्रदेशमा लागू हुने गरी वैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदानको दिन बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यस्तै वैशाख २५ गतेदेखि ३१ गतेसम्म पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा सबै शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणका लागि प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न २ सय ८३ स्थानीय निकायमा उम्मेद्वारी दिनेको संख्या ४९ हजार २ सय ७ रहेको छ ।
निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८ सय ४१ ले उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
तीन प्रदेशका विभिन्न स्थानीय तहका वडा सदस्य पदका लागि १८ हजार ३ सय ७१, महिला सदस्यमा ९ हजार ३३, र दलित महिला सदस्यमा ७ हजार ४ सय ७२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

कुन जिल्लामा कति उम्मेद्वार ?

देशको राजधानी काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लामा सर्वाधिक ३ हजार ५ सय ६ जनाको उम्मेदवारी परेको छ भने कम जनसंख्या रहेको मनाङ जिल्लामा २ सय ३३ जनाको उम्मेद्वारी परेको छ ।
त्यस्तै काभ्रेप्लानचोक जिल्लामा २७ सय ५१, कालिकोटमा १७ सय ३९, कास्कीमा १५ सय ४९, गोरखामा १९ सय ३८, चितवनमा ११ सय ३३, जाजरकोटमा १३ सय १२ जनाको उम्मेदवारी परेको छ ।
यस्तै जुम्लामा १२ सय १७, डोल्पामा ६ सय ६३, तनहुँमा १५ सय ८३, दैलेखमा १९ सय १७, दोलखामा १२ सय ८१ को उम्मेदवारी परेको आयोगको तथ्यांकमा उल्लेख छ ।
धादिङ जिल्लामा २ हजार ६१, नवलपरासीमा १७ सय ३१, नुवाकोटमा १९ सय १५, पर्वतमा १ हजार ९२, बाग्लुङमा १४ सय ७०, भत्तपुरमा १ हजार १२, मकवानपुरमा १८ सय १५, मनाङमा २ सय ३३, मुगुमा ५ सय ९७, मुस्ताङमा २ सय ३८, म्याग्दीमा ६ सय १७, रसुवामा ५ सय ६८, रामेछापमा १ हजार ७६ को उम्मेदवारी परेको छ ।
आयोगका अनुसार रुकुममा ११ सय ९६, लमजुङमा १ हजार ४३, ललितपुरमा १५ सय ९३, सल्यानमा १५ सय २९, सिन्धुपाल्चोकमा १९ सय १०, सिन्धुलीमा १३ सय ७, सुर्खेतमा २ हजार ५७, स्याङ्जामा १६ सय ७६, र हुम्लामा ७ सय १० जनाले उम्मेद्वारी दिएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...