ओखलढुंगा, २१ वैशाख । भूकम्पपछिको पुनः निर्माणका लागि गाउँगाउँमा खटिएका प्राविधिकहरु पार्टी विशेषलाई भोट माग्दै हिड्ने गरेको पाइएको छ । ओखलढुंगाको पात्ले गाविसमा खटिएका सव ओभरसियरहरुले एमालेका नाउँमा भोट माग्दै हिँडेको स्थानीयले आरोप लगाएका छन् ।
सव आभारसियर जनक बुढाको नेतृत्वमा साविकको पात्ले गाविसको वडा नम्बर ७, ९ र २ का भूकम्पपीडितसँग पुनः निर्मित घरको निरीक्षण गर्न जाने क्रममा प्रविधिक टोलीले नेकपा एमालेलाई भोट माग्दै हिँडेको स्थानीय मिङमार शेर्पाले आरोप लगाउनुभएको हो ।
वैशाख १९ गते वडा नम्बर ७ र २० गते वडा नम्बर ९ का भूूकम्पपीडितहरुसँग एमालेका गाउँ कमिटी अध्यक्ष टुकबहादुर तामाङ र सम्भावित मोलुुङ ७ बाट एमाले उम्मेद्वार हेमबहादुर सुनुवारका साथमा भोट माग्दै हिँडेको स्थानीय शेर्पाले जानकारी दिनुभयो । ‘हामीलाई भोट दिएर जिताउनुु भएमात्रै तपाईहरुले दोस्रो किस्तावापतको रकम पाउनुहुुन्छ’, उनीहरुले पीडितलाई यस्तो आश्वसन बाँडेका स्थानीयको आरोप छ । पुनः निर्माणका क्रममा मापदण्ड अनुसारको घर निर्माण भए नभएको हेर्ने जिम्मेवारीसहित गाउँमा खटिएका प्राविधिकहरु राजनीतिक दल विशेषलाई भोट माग्दै हिँड्नु निर्वाचन आचारसंहिता विपरित हुने वडा सचिव गणेश वास्तोलाले बताउनुभयो । आफूलाई पनि त्यस्तै गुनासाहरु जनस्तरबाट आएकाले कुनै दलमा आबद्ध व्यक्तिसँग गाउँ नघुम्न प्राविधिकहरुलाई सचेत गराएको वास्तोलाले जानकारी दिनुभयो । ‘निर्वाचनको महोलमा प्राविधिकहरुबाट यस्तो हुनु दुखद् हो । यसलाई तत्काल रोकेर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् भनेका छौं’, वास्तोलाले भन्नुभयो ।
राजनीतिक दल विशेषसँग भूकम्प पीडितको घर निरीक्षण गरेको कुरा प्राविधिकहरुले स्वीकारेका छन् । टोलीका जनक बुढाले प्राविधिक टोलीले घर निरीक्षण गरेको स्वीकार गरे पनि आफूहरुले भने भोट नमागेको बताएका हुन् । टोलीमा सहभागी अन्यले मत भागेको भए आफूहरुलाई त्यसबारे जानकारी नभएको बुढाको जिकिर छ ।
मतदातलाई प्रभावित पार्ने हेतुले प्राविधिकहरुले दल विशेषलाई च्यापेर गलत गरेको नेपाली काँग्रेसबाट सम्भावित उम्मेद्वार गेली शेर्पाले जिकिर गर्नुभएको छ । आचारसंहित विपरित काम गर्ने र दल विशेषलाई च्यापेर काम गर्ने कर्मचारी उपर कार्वाहीका लागि सम्वन्धीत निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।