१७औं ग्याल्वा कर्मपाको ३४औं जन्मोत्सवमा गोष्ठी - Naya Online

१७औं ग्याल्वा कर्मपाको ३४औं जन्मोत्सवमा गोष्ठी

काठमाडौं, २१ वैशाख ।
बौद्ध धर्म गुरु १७औं ग्याल्वा कर्मपा ठिन्ले थाये दोर्जेको ३४औं जन्मोत्सवको अवसरमा ‘कर्मकग्र्यु बौद्ध परम्परा र वर्तमान स्थिति’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । कर्मापा श्वामार्नग संघले बिहीबार राजधानीको प्रज्ञा भवनमा गोष्ठी आयोजना गरेको हो । संघले वैशाख २२ गते शुक्रबार नेपालभरका गुम्बाहरुमा शान्तिको कामना गर्दै दीप प्रज्वलन र पूजापाठ गर्ने र २३ गतेको दिन चाँगुनारायण र रानीवनमा स्थापित श्यार मिनुव केन्द्रहरुमा बौद्ध धर्मसँग सम्बन्धित लामा, भिक्षु, बज्रचार्य, शाक्या र हिमालमा भएका शेर्पा, योल्मोपा, पहाडमा बस्ने तामाङ र तराईमा बस्ने थारुलगायत विभिन्न समुदायहरुको व्यापक सहभागितामा समापन समारोह गर्ने संघले जनाएको छ ।
बिहीबार आयोजित गोष्ठीमा कर्म कग्र्युपा बौद्ध परम्पराको बारेमा छलफल गरिएको थियो । कग्र्युपालाई बुद्ध वचनको मूल रूपलाई अपनाउने पद्धतिको रूपमा लिइन्छ । हिमाली बौद्ध परम्पराका चार मुख्य उप सम्प्रदायमध्ये कग्र्युपा ऐतिहासिक क्रममा दोस्रो स्थानमा पर्दछ । कग्र्युपाको मूल मठाधिसलाई कर्मपा मानिन्छ र कर्म कग्र्युपा आफैंलाई चाही कग्र्युपाका अनेकौं हाँगामध्ये एउटा मूल हाँगा मानिन्छ । कर्मपाबाहेक गेदेन, दाग्पो, डिगुङ, डुगुप, श्याङ्प, ढागकार आदि हाँगाको रूपमा कग्र्यु सम्प्रदायका केन्द्रहरु स्थापित भएको देखिन्छ । कग्र्युप परम्परामा उच्च आदर साथ मगधका महापण्डित सिद्ध तिलोपालाई आदिबुद्ध बज्रधर अर्थात तिब्बती भाषामा दोर्जेछाङको रूपमा मान्ने चलन छ । कर्मपाका विशेष शिष्य तथा धर्मप्रचार र सम्बद्र्धनको जिम्मेवारी लिदै प्राणी मात्रको उद्धारको निम्ति सहयोगीको रुपमा श्यामार्पा रिन्पोछे, ताइसितुपा, गोसिर ग्याल्छाव रिन्पोछे, जाम्गोन कोङटुल रिन्पोछे, ढुपोन दाछेन रिन्पोछे आदिकोसमेत प्रादुर्भाव र व्यवस्था मिलाइएको पाइन्छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रतीले ग्याल्वा कर्मपाको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै यस कार्यक्रममार्फत विश्वमा शान्तिको सन्देश फैलिने विश्वास व्यक्त गर्नुभयो । सो विषयमा डा. रमेश ढुंगेलले विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले तथ्यांकपरक र विश्लेषणात्मक बहसका विषय उठान गनुभएको थियो । कार्यपत्रमा नेपालको हिमालय तथा उपत्यका र आसपासका इलाकामा कर्मपाअन्तर्गत कर्म कग्र्यु तथा अन्य कग्र्यु परम्पराको सयौं वर्ष लामो प्रभाव रहेको इतिहास छ ।
अहिलेसम्म कर्म कग्र्यु धार्मिक, साँस्कृतिक संस्था र मूर्त अमूर्त धरोहर नेपालमै कायम रहेको छ । अहिले नागार्जुन फेदी रानीबनस्थित श्यामर रिन्पोछेको विशाल श्यार मिनुव नामक केन्द्रको सहित सयौं नेपाली गोन्पाको र विश्वमा छरिएका हजारौं केन्द्रको जिम्मेवारी वर्तमान सत्रौं ग्याल्वा कर्मपा ठिन्ले थाये दोर्जेमै निहित रहेको पनि कार्यपत्रमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...