निधिले फिर्ता लिए राजीनामा - Naya Online

निधिले फिर्ता लिए राजीनामा

भने– संविधान कार्यान्वयन, संशोधन र स्थानीय चुनाव मुख्य

काठमाडौं, २१ वैशाख ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट राजीनामा दिनुभएका विमलेन्द्र निधीले आफ्ना लागि संविधान कार्यान्वयन, संशोधन र स्थानीय निर्वाचन प्रमुख मुद्दा भएकाले मुलुकको परिस्थितिलाई विश्लेषण गर्दै पाँच दिनअघि पदबाट दिएको राजीनामा फिर्ता लिएको बताउनुभएको छ ।
गृहमन्त्री निधिले भन्नुभयो –‘अहिलेको अवस्थामा संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छ । जनतालाई नयाँ संविधानप्रति विश्वस्त पार्न स्थानीय तहको निर्वाचन चाहिएको छ । त्यसैले मैले यी महत्वपूर्ण कार्यभार पूरा गर्न आफ्नो पछिल्लो अघिल्लो निर्णय फिर्ता लिएको हुँ ।’
राजीनामा फिर्ता लिएको केहीबेरमा जनकपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री निधीले मुख्य कार्यभार आफ्नो लागि विशेष भएको प्रतिक्रिया दिनुभएको थियो । यसअघि बिहीबार नै बालुवाटारमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको थियो । निधिले भन्नुभयो –‘उहाँहरुको आग्रहमा राजीनामा फिर्ता लिएको हुँ ।’
गत आइतबार निधिले सरकारले आफूसँग कुनै सरसल्लाह नगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइएको विषयलाई कारण देखाउँदै राजीनामा दिनुभएको थियो । आफूले पदबाट राजीनामा दिएको विषयलाई लिएर मधेसी मोर्चामा आबद्ध दलहरुले समेत चिन्ता व्यक्त गरेको निधिको भनाई थियो । मधेसको माग सम्बोधनका लागि पनि मधेसी नेताहरुले आफूलाई नै गृहमन्त्रीका रूपमा हेर्न चाहेको उहाँको जिकिर थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...