विश्व प्रेस स्वतन्त्रता दिवसमा एल्बम बिमोचित - Naya Online

विश्व प्रेस स्वतन्त्रता दिवसमा एल्बम बिमोचित

झापा, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवश २०१७ को अवसरमा बुधबार विर्तामोडमा सञ्चारकर्मीहरुले उत्पादन गरेको मिलन विछोड गीति एल्बम् विमोचन सहित विविध कार्यक्रम गरिएको छ ।
शान्ति स्थापनाका लागि विद्यमान र समावेशी समाजमा मिडियाको भूमिका तथा आलोचनात्मक समयका लागि आलोचनात्मक दिमाग भन्ने मूल नाराका साथ झापाका पत्रकारहरुले पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् । कार्यक्रममा अमेरिकामा बस्दै आएका सञ्चारकर्मी तथा गितकार लोक रेग्मीको मिलन विछोड एल्बम कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोक गायक एलपी जोशीसहित अग्रज संगीतकार र साहित्यकार शिवशंकर थापामगर, देवीभक्त श्रेष्ठ लगायतको हातबाट विमोचन गरिएको हो ।
विश्वमा सन् २०१६ मा मारिएका करिव एक सय संख्याका पत्रकारहरुको मृतात्माका नाममा एक मिनेट मौनधारण गर्दै शुरु गरिएको कार्यक्रममा पत्रकारहरुले आचार संहिता र धर्म छोड्न नुहने कुरामा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको कार्यक्रममा प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाँई, प्रेस चौतारी झापाका सचीव प्रदिप परियार, अमेरिकाबाट आएका सञ्चारकर्मी मिलन विछोड एल्वमका प्रस्तुतकर्ता लोक रेग्मी, निर्देशक तथा सचारकर्मी डिकेश लामा, संगीतकार शिवसंकर थापा, राम सिटौला, सञ्चारकर्मी एकराज गिरी लगायतले बोलेका थिए । कार्यक्रममा नेपाली भाषी भूटानीहरुको तेस्रो मुलुक पूनर्वास पछि भए गरेका घटनालाई समेटेर बनाइएको म्यूजिक भिडियो ‘सुख दिन्छौ भन्नेहरु’ प्रदर्शन गरिएको थियो । महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा युवा गायक प्रेम मोक्तानले गीत प्रस्तुत गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

प्रनेश लिम्बुको शब्द,सेमिहाङ लिम्बुको स्वरमा ‘फोक्वामे’ गीत सार्वजनिक

सुखिम – लिम्बू भाषाको गीत ‘फोक्वामे’ को अडियो गीत सार्वजनिक भएको छ । शनिबार...

नेपाली कथानक चलचित्र ‘युक्पुङ’ सम्पादनमा

धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा...