विश्व प्रेस स्वतन्त्रता दिवसमा एल्बम बिमोचित - Naya Online

विश्व प्रेस स्वतन्त्रता दिवसमा एल्बम बिमोचित

झापा, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवश २०१७ को अवसरमा बुधबार विर्तामोडमा सञ्चारकर्मीहरुले उत्पादन गरेको मिलन विछोड गीति एल्बम् विमोचन सहित विविध कार्यक्रम गरिएको छ ।
शान्ति स्थापनाका लागि विद्यमान र समावेशी समाजमा मिडियाको भूमिका तथा आलोचनात्मक समयका लागि आलोचनात्मक दिमाग भन्ने मूल नाराका साथ झापाका पत्रकारहरुले पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् । कार्यक्रममा अमेरिकामा बस्दै आएका सञ्चारकर्मी तथा गितकार लोक रेग्मीको मिलन विछोड एल्बम कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोक गायक एलपी जोशीसहित अग्रज संगीतकार र साहित्यकार शिवशंकर थापामगर, देवीभक्त श्रेष्ठ लगायतको हातबाट विमोचन गरिएको हो ।
विश्वमा सन् २०१६ मा मारिएका करिव एक सय संख्याका पत्रकारहरुको मृतात्माका नाममा एक मिनेट मौनधारण गर्दै शुरु गरिएको कार्यक्रममा पत्रकारहरुले आचार संहिता र धर्म छोड्न नुहने कुरामा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको कार्यक्रममा प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाँई, प्रेस चौतारी झापाका सचीव प्रदिप परियार, अमेरिकाबाट आएका सञ्चारकर्मी मिलन विछोड एल्वमका प्रस्तुतकर्ता लोक रेग्मी, निर्देशक तथा सचारकर्मी डिकेश लामा, संगीतकार शिवसंकर थापा, राम सिटौला, सञ्चारकर्मी एकराज गिरी लगायतले बोलेका थिए । कार्यक्रममा नेपाली भाषी भूटानीहरुको तेस्रो मुलुक पूनर्वास पछि भए गरेका घटनालाई समेटेर बनाइएको म्यूजिक भिडियो ‘सुख दिन्छौ भन्नेहरु’ प्रदर्शन गरिएको थियो । महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा युवा गायक प्रेम मोक्तानले गीत प्रस्तुत गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

चलचित्र ‘चे’ सिक्किमको विभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै

 १४ जनवरीमा हिगाउँमा प्रदर्शन हुने काठमाडौ । लिम्बू कथानक चलचित्र ‘चे’हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन...