काठमाडौँ, २०७४ वैशाख २१ । खोटाङको सुङ्देलमा जन्म लिएका सुजन कोयी राई सानैदेखि गीत/संगीतमा रुचि राख्ने युवामा पर्छन् । त्यसै त खोटाङ धेरै सर्जक जन्माउने जिल्लामा पर्छ । सुजन पनि त्यही डाँडापाखामा हुर्किएका हुन् । रचना सृजना गर्ने, सुनाउने क्रममै उनले केही गीतलाई रेकर्डिङ गर्न भ्याए ।
हालसम्म दुईवटा गीत रेकर्डिङ भएका सुजनको गीतलाई राजेश पायल राई र प्रमोद खरेलले गाएका छन् । खरेलले गाएको गीत ‘समर्थन तिम्रो सँधै गरिरहेँ’ बोलको गीतलाई ‘कभर सङ’ प्रतियोगितामा समेत राखिएको छ । असार १० सम्म प्रतियागीहरुले उक्त गीतको अडियोभिडियो बुझाईसक्नु पर्ने र त्यहाँबाट छानिएको उत्कृष्ट गीतलाई एउटा गीत सित्तैमा रेकर्डिङ र रुपैया ५० हजार पुरस्कार दिने घोषणा पनि गरेका छन् ।
त्यसको आलवा सुजन मोडलिङमा पनि उत्रिएका छन् । आफ्नै रचनामा रहेको राजेश पायल राईको स्वरमा रहेको गीत ‘कोशिष नगर, भुल्न मलाई….’ उनले अभिनय गरेका हुन् । जुन गीतलाई लिसरा राईले निर्देशन गरेको र पार्वती राई, प्रेम लिम्बूले अभिनयमा सहयोग गरेका छन् ।
सुजनको गीत लेखन र अभिनयमै जम्ने रहर छ । म्युजिक भिडियो युट्युवमा सार्वजानिक भएपछि राम्रो प्रतिक्रिया पाएकोले केही हौसला पनि मिलेको छ ।
आफ्नो जन्मस्थान सुङ्देललाई अत्यन्तै माया गर्ने सुजनले आफ्नो मातृभाषा कोयीमा पनि गीत रचना गर्ने तयारीमा छन् ।
भिडियो हेर्नुस्
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।