टुट्यो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा - Naya Online

टुट्यो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

मोर्चाको औचित्य समाप्त : राजपा

काठमाडौ, १९ वैशाख । दोस्रो संविधानसभा निर्वाचनपछि संविधानमा मधेसका मुद्दा समेट्नलाई दबाव दिन बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मंगलबारबाट औपचारिक रुपमा भंग भएको छ । मोर्चामा आवद्ध विभिन्न ६ वटा दलले राष्ट्रिय जनता पार्टी नेपाल नामक पार्टी दर्ता गरेसँगै मोर्चा भंग भएको घोषणा गरेको हो ।
संयुक्त लोकतान्त्रिक मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वैशाख ३१ को निर्वाचनमा सहभागी भएको आरोप लगाउँदै राजपाले मोर्चा टुटेको घोषणा गरेको हो ।
राजपाले संघीय समाजवादी फोरम नेपालबाट मोर्चालाई धोका भएको निष्कर्षसहित औचित्य समाप्त भएको घोषणा गरेको हो । मधेशवादी छ वटा दलले मंगलबार बैठक बसेर फोरम अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै मोर्चा टुटेको जनाएको हो । बैठकमा राजपा नेताहरुले पहिलो चरणको चुनावका लागि मंगलबार उम्मेद्वारी मनोनयन गराएका फोरम नेपालको चर्काे आलोचना गरेका छन् ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उपेन्द्र यादवले मधेसी मोर्चालाई मात्र होइन, सिगों मधेशलाई धोका दिएको आरोप लगाउनुभएको छ ।
सविधान संशोधन नभएसम्म राजपा नेपाल कुनै पनि हालतमा चुनाव नजाने भन्दै यादवले वैशाख २१ गते पनि संशोधन विधेयक पारित हुने सम्भावना नरहेको जिकिर गर्नुभयो ।
बैठकले सम्पूर्ण जिल्ला कमिटिलाई आआफ्नो जिल्लामा एकता भेला गरी एकीकरणलाई पूर्णता दिन निर्देशन दिएको छ । एक वर्षभित्रमा राजपा नेपालको महाधिवेशन हुने भएकाले त्यो अवधिमा सम्पूर्ण भातृ संगठन तथा जिल्ला, गाउँ, नगरको एकता भेला सम्पन्न गरिसक्नु पर्ने निर्णय बैठकले गरेको छ । साथै, निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि प्रक्रिया पूरा गरी चाँडै दर्ता गराउने निर्णय पनि भएको राजपाका नेता केशव झाले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...