झापा, १९ वैशाख ।किरात राई विद्यार्थी संघ झापाले इलामसँग सीमाना जोडिएको बुद्धशान्ति गाउँपालिकास्थित शान्ति आर्दश उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
आइतबार विद्यालयको प्राङ्गणमा कार्यक्रम गरेर किरावि झापाले कक्षा १ देखि कक्षा ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई कापी, पेन्सिल र डटपेन प्रदान गरेको हो । कार्यक्रममा बोल्दै किराविका केन्द्रीय सचिव एवम् प्रमुख अतिथि सुसन राईले विद्यार्थी संगठनमा आवद्ध भइरहँदा आफ्नो संगठन र आफूलाई मात्र अनुकुल हुने गतिविधि भन्दा पनि समग्र विद्यार्थीहरुको शैक्षिक स्तर उकास्ने कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाद्यापक बासुदेव बरालले विद्यार्थी संगठनहरुले विद्यार्थीको चौतर्फी विकासका लागि लाग्नु उत्कृष्ट कार्य भएको जिकिर गर्नुभयो । शैक्षिक सामग्री वितरण गरि विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा अझ अभिप्रेरित गराउनका लागि कार्यक्रमको आयोजना गरिएको संघका झापाका सदस्य रक्षा वान्तावा राईले जानकारी दिनुभयो । कार्यक्रम संघका सचिव विनितिा राईले सञ्चालन गरेका थिए भने रोशनि राईले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका झापा जिल्ला उपाध्यक्ष अतित राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक परिषद सदस्य दिपक गौतम, किरावि केन्द्रीय समिति सदस्य राजकुमार राई लगायतले बोल्नुुभएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।