सुन व्यवसायीलाई रिहा गर्न सिडीओलाई ज्ञापन - Naya Online

सुन व्यवसायीलाई रिहा गर्न सिडीओलाई ज्ञापन

भद्रपुर, १९ वैशाख ।
एक केजी सुनसहित पक्राउ परि अनुसन्धानमा राखिएका सुन व्यवसायीलाई बिनाशर्त रिहा गर्नुपर्ने मागसहित सुनचाँदी व्यवसायी संघ झापाले झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । गत वैशाख १६ गते झापाको झिलझिलेमा १ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान विभाग इटहरीको जिम्मा लगाइएका बिर्तामोडस्थित पूर्णिमा ज्वेलर्सका सञ्चालक बैजनाथ साह, व्यवसायी कृष्ण सराफ र सवारी चालक अरुण क्षेत्रीलाई तत्काल स–सम्मान रिहाई गर्नुपर्ने माग गर्दै संघले दबाव दिएको हो ।
आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र एकता गरी देशव्यापी रुपमा सशक्त आन्दोलनमा उत्रने सुनचाँदी व्यवसायीहरुले चेतावनी दिएका हुन् ।
संघका अध्यक्ष रुपदल (राजु)विश्वकर्मा र महासचिव उदय शाक्यबाट संयुक्त हस्ताक्षरित ज्ञापनपत्र झापाका प्रजिअ खत्रीलाई हस्तान्तरण गरिएको थियो । मंगलबार झापा (दमक पूर्व)का सुनचाँदी व्यवसायीहरुले व्यवसायसमेत बन्द गरेका छन् । कानुनी प्रक्रिया पूरा गरेर सुनचाँदी ओसारपसारमा सुरक्षा निकायले अनावश्यक दुःख दिएको विरोधमा आन्दोलित हुनेपरेको व्यवसायीहरुको भनाइ छ ।
संघले गत  बैशाख १४ गते काठमाडौंबाट कार्गो भई बुद्ध एयरमा सबै प्रक्रियामा सुरक्षा जाँच पूरा गरी बिर्तामोडस्थित नवदुर्गा ट्रेडिङ कन्सर्न शाखा कार्यालयका लागि पठाइएको १०० किलो चाँदी भद्रपुर विमानस्थलमा लिन जाँदा व्यवसायीहरु मनोज गोयल र पुण्यप्रसाद अधिकारीलाई चाँदीसहित नियन्त्रण लिई एक दिन हिरासतमा राखी ६८ लाख ९ हजार ४ सय रुपैयाँ धरौटीमा मात्र रिहा गरेको हुँदा उक्त विषयमा यथार्थ तत्काल सत्यतथ्य सार्वजनिक गरी व्यवसायीलाई न्याय दिलाउन पनि माग गरेको छ ।
त्यस्तै सबै कानूनी प्रक्रिया पूरा गरी खरिद गरिएको सुनचाँदी एउटै मुलुकभित्र हवाई र स्थल यातायातबाट ओसारपसार गर्दा पुनः सुरक्षा चेकजाँचका नाममा नियन्त्रणमा लिई राजश्वको जिम्मा लगाउने घटना अबका दिनमा नदोहोर्याउन समेत संघले प्रशासन समक्ष माग गरेको छ ।
थोरै मुनाफाका लागि धेरै जोखिम मोलेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दोहोरो मारमा परेको र  कानूनी प्रक्रिया पूरा गरेर सुन खरिद  गर्दा यस्तै धरपकडको शिकार र खरिद नगर्दा कालोसूचीमा परे सरह कोटा कटौती गरिँदा अत्यावश्यक परेका बेला उपभोक्ताले सुन नपाउने अवस्था विद्यमान रहेको बताइएको छ ।
२०६६ सालदेखि राष्ट्र बैंकको अनुमतिमा बाणिज्य बैंकहरुमार्फत ‘कोटा प्रणाली’ अन्तर्गत सुनको विक्री वितरण हुँदै आएको तथा सोही बर्षदेखि एलसी खोलेर चाँदीको खरिद विक्री गर्न पाउने व्यवस्था छ ।
सुनचाँदी व्यवसायी संघ झापामा (दमक बाहेक) २४८ व्यवसायी फर्म आवद्ध भई कारोबार गर्दै आएका छन् । कोटा प्रणाली अनुसार झापाका लागि मासिक आठ केजी, साताको दुई केजीका दरले संघले महासंघका केन्द्रीय समितिमा सिफारिस गरेपछि महासंघको सिफारिसमा कोटा पाएको बाणिज्य बैंकमार्फत सुन आपूर्ति हुँदै आएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...