स्थानीय तह निर्वाचनमा पहिलो चरणको निर्वाचनका लागि मनोनय धमाधम - Naya Online

स्थानीय तह निर्वाचनमा पहिलो चरणको निर्वाचनका लागि मनोनय धमाधम

काठमाडौं, १९ वैशाख । स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचनका लागि मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लामा उम्मेदवारी दर्ता भइरहेको छ ।
विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ ।
प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला समेटिएका छन् ।
त्यस्तै, प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला छन् ।
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ मा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।
३ वटा प्रदेशका २ सय ८३ वटा स्थानीय तहमा पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन भइरहेको हो । सरकारले दोस्रो चरणको निर्वाचनका लागि २०७४ जेठ ३१ गते निर्वाचनको मिति तोकेको छ । दोस्रो चरणमा स्थानीय तहको संख्या थपघट नभए प्रदेश नम्बर १, २, ५ र ७ का विभिन्न ५ सय ६१ स्थानीय तहमा मनोनयन हुने छ । दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता मिति तोकिसकिएको छैन ।

स्थानीय चुनावमा कुन उम्मेद्वारले कति खर्च गर्न पाउँछन् ?

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न पदमा उम्मेद्वारी दर्ता गर्ने उम्मेदवारहरूले अधिकत खर्च गर्न पाउने सीमा तोकेको छ ।
२०७३ फागुन २८ गते आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेद्वारहरुले निर्वाचन प्रचारप्रसारलगायतका अन्य कार्यमा खर्च गर्न पाउने विषयमा हद तोकेको थियो ।
आयोगले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुलाई ३ लाख ५० हजार र जिल्ला समन्वय समिति सदस्य पदका उम्मेद्वारहरुलाई १ लाख ५० हजार सम्म खर्च गर्न पाउने सीमा तोकेको हो ।
महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुले  ७ लाख ५० हजार खर्च गर्न पाउने छन् भने महानगरपालिकाका वडा अध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले ३ लाख सम्म खर्च गर्न पाउने छन् ।
त्यस्तै, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुले ५ लाख ५० हजार र वडा अध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले २लाख ५० हजार चुनावमा खर्च गर्न पाउनेछन् ।
आयोगले तोकेको खर्च सीमा अनुसार नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारले ४ लाख ५० हजार र वडा अध्यक्ष र सदस्य पदका उम्मेद्वारले २ लाख खर्च गर्न पाउने छन् । गाउँपालिका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारले ३ लाख ५० हजार र वडाअध्यक्ष र सदस्य पदका उम्मेद्वारले १ लाख ५० हजार खर्च गर्न पाउनेछन् ।
उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालनलगायतमा खर्च गर्न पाउनेछन् । निर्वाचन खर्च विवरण अनिवार्य निर्वाचन आयोगलाई पेश गर्नुपर्ने कानुनी प्रवधान रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...