लोकप्रिय गीत ताप्लेजुङको तोङ्बा सुकुटी अब भिज्युअलमा - Naya Online

लोकप्रिय गीत ताप्लेजुङको तोङ्बा सुकुटी अब भिज्युअलमा

काठमाडौँ, १९ वैशाख । लामो समय विभिन्न संघसंस्था तथा लिम्बूजन्य सांस्कृतिक कार्यक्रमको संयोजनमा व्यस्त रहेका शैलेन्द्र थेबे अभिनयमा पनि झुल्किएका छन् । सुरोज याक्थुङ्बा मादेन र पार्वती राईको स्वरमा आएको ‘ताप्लेजुङको तोङ्बा सुकुटी’ गीतमा उनले अभिनय गरेका हुन् । उनलाई मोडल रुपा आङबुहाङले साथ दिएकी छन् ।

ताप्लेजुङस्थीत चासोक तङनाम/सिरिजङ्गा च्यालेन्जस फुटबल, रनिङ कप (महिला तथा पुरुष) आयोजक समिति र कञ्चनजङ्घा फुङलिङ क्लवले निर्माण गरेको यस गीतका गायक मादेन स्वयं सांस्कृतिक संंयोजक हुन् । थेबे मुल आयोजना समितिको संस्थापक संयोजक हुन् । यसबाहेक हिलिहाङ हाक्पारे पालाम सयङको महासचिव, किरात याक्थुङ चुम्लुङ काठमाडौंको जिल्ला सदस्य, नवजागरण युवा क्लवका संस्थापक सचिव, कञ्चनजङ्गा फुङ्लिङ क्लवका उपाध्यक्ष, थेबे समाज उपत्यका समितिका अध्यक्षमा समेत शैलेन्द्र आवद्ध छन् । उनले अभिनय गरेको यो गीत धेरै अगाडि नै रेकर्डिङ भई लोकप्रिय पनि बनेको थियो । थेबे युवा व्यावसायी पनि हुन् ।

धेरै एल्बमहरु बजारमा ल्याए पनि सञ्चारक्षेत्रबाट टाढा रहेका गायक हुन् सुरोज याक्थुङ्मा मादेन । उनले वि.सं. २०५२ सालमा भएको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा दोश्रासमेत भएका थिए । उनले सन्देशमुलक लिम्बू गीत सङ्ग्रह पनि बजारमा ल्याएका छन् । ‘लाङ्गुम्बा नु सेङ्गुम्बा’ बोलको गीत दिनदिनै लोकप्रियताको शिखर चुम्दैछ ।

ताप्लेजुङआसपासमै छायांकन गरिएको गीतलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । साँवालाई ड्रेसअपमा द हाइल्याण्ड आर्ट, सम्पादनमा निशान घिमिरे, नृत्यमा दिनेश माङ्मु, श्रृङ्गारमा सोम मगराती, छायांकनमा भुपेन्द्र तुम्बाहाम्फेले सहयोग गरेका छन् ।


म्युजिक भिडियोलाई हाइलाइट नेपालले युट्युवमा सार्वजानिक गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...