नयाँ परिचय बनाउने शुरमा बसन्ती - Naya Online

नयाँ परिचय बनाउने शुरमा बसन्ती

काठमाडौं । आमालाई नजिकबाट बुझेकी र आमालाई नजिकबाट स्याहारेकी बसन्ती थोक्लेङ आमाकै प्रेरणाश्रोतबाट गायिका बनेकी छिन् । माया ममताबाट करुण बन्ने मनबाट साहित्य फुरे, स्वर निखारिए । त्यही फुरेको साहित्य र खुलेको स्वरको साथमा नयाँ परिचय बनाउन ध्याउन्न छिन् ।
वि. सं. २०४४ सालमा पिता रामप्रसाद थोक्लेङ र माता मइतमाया थोक्लेङको कोखबाट कान्छी छोरीको रूपमा जन्मेकी बसन्ती लिम्बू (द्रोना)को जन्मथलो पाचथरको कुरुम्बाङ गाउँ हो । कुरुम्बाङ गाउँकै सिङ्हदेबी माबी (हाल उच्च माबी)बाट प्रारम्भिक शिक्षा सुरु गरेकी बसन्तीले श्री चिसोपानी उच्च माबी बाझो ५ इलामबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि पारिवारिक र ब्यबहारिक परिबन्धमा परेर अरु अध्ययन गर्न नसकेको उनको दुखेसो छ ।
बसन्ती सानैदेखि गीत गाउथिन्, स्कुलको अतिरिक्त प्रोग्राममा धेरै पटक गीत गाइन्, शिक्षक र साथीहरूले बसन्ती तिम्रो स्वर त धेरै राम्रो छ है भनेर भन्दा उनी फुरुङ्ग हुन्थिन् तर त्यतिबेला पछि गएर म गायिका नै हुन्छु भन्ने कहिले पनि नसोचेकी बताउछिन् । बसन्तीसँग सुमधुर स्वर त थियो नै त्यो स्वरलाई अझ निखार बनाउन चाहिँ बसन्तीको आमाको कारण बनेको बसन्ती सुनाउछिन् –“आमा क्यान्सरले ग्रस्त भएर चार बर्षसम्म भरतपुर क्यान्सर अस्पताल बस्नु भो, घरका आफूभन्दा जेठो दाजु दिदीहरूले खासै आमाको रेखदेखमा चासो चिन्ता देखाउनु भएन, म कान्छी छोरी सबैभन्दा सानू मैले सबै थोक त्याग्न सक्थे यहाँसम्म कि मेरो प्राण पनि तर मेरी आमा मेरो लागि सबथोक थिइन् त्यसैले म निरन्तर आमाको रेख्देखमा एक्लै भरतपुर कैयौँ महिना बसेँ, पाचथरदेखि कैयौँ पटक एक्लै भरतपुर आउने जाने गरे त्यतिबेला मन सारै भक्कानिन्थ्यो र कैयौँ पटक रुँदै–रुँदै अरुणा लामा, तारादेबी र नारायण गोपालको गीतहरू गाए, कविता/गजलहरू लेखेर धेरै कापीका पानाहरू सिध्याए, पछि आमा पनि बित्नु भो, त्यसपछि त झन म सम्हालिनै सकिनँ, र मेरो साहारा गीत नै बन्यो म मनको पीडा गीतमार्फत गुनगुनाएर ओकल्न थाले र गजल कविता लेखेर कापी पानाहरूमा पीडा पोख्न थाले, एक किसिमले म पागल जस्तै भएँ ।
मातृ बियोगमा जलेर घाँस दौरा मेलो पातहरूमा गीत गुनगुनाउदै हिड्न थालेकी बसन्तीको स्वर गायक कोमल निरौला, देवी गौतम, राजेश चाम्लिङ, सङ्गीतकार सुमन दियाली, सुरताल सङ्गीत स्कुलका गुरुहरूले सुने । उहाँहरूले तिम्रो स्वर धेरै राम्रो छ है भनेर हौसला दिन थाले अनि मेला र उत्सवतिर हुने ‘स्टेज प्रोग्राम’ तिर गाउन भनी उत्साहित गर्न थाले र बसन्तीले स्टेजप्रोग्रामहरूमा गीत गाउन थालिन् । अहिले त इलाम पाचथरतिरका स्टेज प्रोग्रामहरू बसन्तीबिना अधुरो हुने अवस्था छ ।
बसन्तीको गायन स्टेज प्रोग्राममा मात्र सिमित भएन, उनी आफ्नो कलालाई प्रस्तुत गर्न र केही सिक्न अनलाइनमा छिरिन् । त्यहाँ गीतकार अन्जान किरातीसँग भेट हुन पुग्यो र किरातीमार्फत धेरै सिक्ने मौका मिल्यो । पछि अनलाइन मै बसन्तीको मिल्ने साथी अशिम चाम्लिङमार्फत प्रतिभा परिवारका बरिष्ठ सदस्य गीतकार तथा सङ्गीतकार देबिनबाबू राईसँग भेट भयो, देबिनबाबूमार्फत प्रतिभा परिवारले एल्बम गरिरहेको र परिवारले विशेष त नयाँ प्रतिभालाई ब्रेक दिने निर्णय गरेको जानकारी पाइन्, बसन्तीले सोचिन् आफ्नो कला प्रस्तुत गर्ने सुन्दर प्लेटफर्म भनेको प्रतिभा परिवार नै हो, फलस्वरूप बसन्तीको अनुरोध र देबिनबाबू राईको प्रस्तावमा प्रतिभा परिवारको संयोजक राजरोबट अजनबीमार्फत उनी प्रतिभा परिवारमा छिरिन् ।

म कान्छी छोरी सबैभन्दा सानू मैले सबै थोक त्याग्न सक्थे यहाँसम्म कि मेरो प्राण पनि तर मेरी आमा मेरो लागि सबथोक थिइन् त्यसैले म निरन्तर आमाको रेख्देखमा एक्लै भरतपुर कैयौँ महिना बसेँ, पाचथरदेखि कैयौँ पटक एक्लै भरतपुर आउने जाने गरे त्यतिबेला मन सारै भक्कानिन्थ्यो र कैयौँ पटक रुँदै–रुँदै अरुणा लामा, तारादेबी र नारायण गोपालको गीतहरू गाए, कविता/गजलहरू लेखेर धेरै कापीका पानाहरू सिध्याए।

गायन करिअर मै पहिलोपल्ट गीत रेकर्ड गर्न प्रतिभा परिवारबाट ब्रेक पाएकी बसन्तीले प्रतिभा एल्बममा एउटा डुइट गीत गायक सङ्गीतकार सुमन राईसँग गाएकी छिन्, जुन गीत प्रतिभा परिवारको बरिष्ठ सदस्य गीतकार/साहित्यकार दिलिप राई सगरले लेख्नु भएको छ भने अर्का बरिष्ठ सदस्य सङ्गीतकार देबिनबाबू राईले सङ्गीत भरेका छन् । जुन गीत प्रतिभा एल्बम भाग १ मा समाबेस छ ।
प्रतिभा एल्बममा गीत गाइसके पछि गायक÷गायिका देबी गौतम र निर्मला चौहानसँग संयुक्त रूपमा अर्को गीत पनि रेकर्ड गर्ने अबसर पाइन्, अब अरु दुई गीत रेकर्डिङको तयारीमा रहेको बताउने बसन्तीलाई गायक राजेश पायल राईसँग गीत गाउन र तारा प्रकाश लिम्बूको सङ्गीतमा स्वर दिने चाहना पनि छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...