न्यूनतम पारिश्रमिक नै नपाएको गुनासो - Naya Online

न्यूनतम पारिश्रमिक नै नपाएको गुनासो

बिर्तामोड, १८ वैशाख । झापाको विभिन्न सञ्चार गृहहरुमा कार्यरत पत्रकारहरुले अझै पनि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नै नपाएको गुनासो गरेका छन् । १२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मिडिया कर्मचारी युनियन र नेपाल व्यापार कर्मचारी संघ झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको ‘श्रमिकको न्यूनतम ज्यालाको अधिकार र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक झापाका कुनै पनि सञ्चार गृहहरुले पत्रकारहरुलाई नदिएको र आपसी समझदारीमा काम गर्नुपरेको उनीहरुको भनाइ छ । नेपाल व्यापार कर्मचारी संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले मोफसलमा रहेका सञ्चार गृहले पत्रकारलाई सञ्चार गृहकै अवस्था दर्बिलो नभएका कारण न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको बताउनुभयो । सापकोटाले सञ्चार गृहको अवस्थाको विषयमा जानकारी लिँदै पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो । महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुँमागाईले मोफोसलमा रहेका सञ्चार माध्ययमले कुनैपनि पत्रकारलाई न्यूनतम तलब समेत उपलब्ध गराउन नसकेको स्पष्ट पार्नुभयो । प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले पत्रकारले न्यूनतम ज्याला समेत नपाएका करण आफ्नो न्यूनतम आवश्यकता पूरा गर्न एक सञ्चार गृहबाट अर्काे सञ्चार गृहमा काम गर्नु पर्ने बाध्यता रहेको छ बताउनुभयो । कार्यक्रममा साझा मञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पत्रकारले नपाएका कारण यहाँका धेरै सञ्चारकर्मीले पोशाबाट पलायन हुनु परेको धारणा राख्नुभयो । कार्यक्रममा रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल, पत्रकार रेजिना रोदन, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, युनिकम नेपालका पूर्वाञ्चल कोअडिनेटर सचिन ढकाल लगायतले धारणा राखेका थिए । मिडिया कर्मचारी युनियन झापाका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...