दमकमा लिम्बू चलचित्र महोत्सव हुँदै - Naya Online

दमकमा लिम्बू चलचित्र महोत्सव हुँदै

दमक, १९ वैशाख । लिम्बू भाषा लोप हुन नदिन झापाको दमकमा लिम्बू चलचित्र महोत्सव–२०७४ आयोजना गरिने भएको छ । लिम्बू भाषा, संस्कृतिको संरक्षणका लागि चलचित्रका माध्यमबाट प्रचार–प्रसार गर्ने उद्देश्यले लिम्बू चलिचित्र महोत्सव आयोजना गर्न लागिएको लिम्बू चलचित्रकर्मी संघले जनाएको हो । संघले आइतबार झापाको दमकमा पत्रकार सम्मेलन गरेर आगामी जेठ १७ गतेदेखि दमकको किरात भवनमा तीन दिने तेस्रो लिम्बू चलचित्र महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले लिम्बू चलचित्रको व्यवसायीक प्रवद्र्धन गर्न र लिम्बू कलाकारहरुलाई एकै ठाउँमा उभ्याउन लिम्बू चलचित्र महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो । यसअघि संघले २०५९ सालमा पहिलोपटक पाँचथरको फिदमिमा र २०६७ सालमा सुनसरीको धरानमा दोस्रो लिम्बू चलचित्र महोत्सव गरेको थियो । हालसम्म लिम्बू भाषका २७ चलचित्र बनेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...