दमक, १७ वैशाख ।
दमकका सामाजिक अगुवा दीपक तामाङ (भोजपुरे)को उपचारका क्रममा आइतबार काठमाडौंमा निधन भएको छ ।
४४ वर्षीय भोजपुरेको उपचारका क्रममा अन्नपूर्ण नर्सिङहोम माईतीघरमा निधन भएको हो । उहाँ ब्रेन ट्युमरबाट पीडित भई उपचाररत हुनुहुन्थ्यो । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार भोजपुरेको आइतबार बिहान ११ बजेको समयमा निधन भएको हो ।
साविक दमक १३ हाल दमक ८ निवासी भोजपुरेको सोमबार बिहान ११ बजे कनकाई घाटमा लामा परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँका एक श्रीमती र एक छोरी छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।