काठमाडौं । नेपालीमा स्थानीय निर्वाचनको सरगर्मी बढेकै बेला एनआरएनए अमेरिकामा पनि चुनावी माहौल बढेको छ । अधिवेशन तयारीको लागि साधारण तथा आजिवन सदस्यताको आवेदन खुलेपछि आवेदन दिनेहरुको चापले सर्भर क्रयासकै तनाव बेहोर्नु परेको थियो ।
व्यस्त समयमा पनि छुट्टी लिएर साधारण सदस्य बन्न खोज्नु अमेरिकाबासी नेपालीहरुको चासो नेपालीको हितमा छ भन्ने कुरा देखिन्छ । ५० वटा राज्य भएको अमेरिकाको २६ राज्यमा एनआरएनए च्याप्टर बन्न पुगेका छन् ।
वोर्ड अफ डाइरेक्टरमा अधिकारीको उम्मेदवारी
२१ वर्षदेखि अमेरिकाको केन्तुकी राज्यमा बसोवास गदै आएका शशि चन्द्र अधिकारीले आगामी मे महिनामा हुने निर्वाचनका लागी एनआरएन–एनसीसीको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिने भएका छन् ।
करिब १० जना रहने वोर्ड अफ डाइरेक्टरमा विभिन्न राज्यबाट उम्मेदवारी दिने क्रममै अधिकारीले पनि उम्मेदवारी दिएका हुन् ।
नेपाली संस्कृति भनेपछि हुरुक्कै हुने अधिकारीले अमेरिकामा नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा जुटेका छन् । व्यावसायलाई उत्तिकै महत्व दिने र नेपालीहरुले व्यावसायतर्फ उन्मुख होउन् भन्ने उनको लक्ष्य छ । साथै नेपालीहरु आफैमा आत्मनिर्भर बन्नुमा जोड दिने काममा पनि अधिकारी ध्याउन्न छन् ।
समुन्नत नेपाली समाजको परिकल्पना नै उनको उम्मेदवारी नारा हो । यहि नारासँगै आगामी मे मा हुन गइरहेको अधिवेशनमा होमिएका हुन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।