निर्वाचनमा सहकार्य : यादव - Naya Online

निर्वाचनमा सहकार्य : यादव

काठमाडौं, १४ वैशाख ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा ससफो नेपाल र नवगठित राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने बताउनुभएको छ ।
ससफो नेपाल देशभर चुनाव लड्न चाहेको भन्दै उनले १८ गतेभित्रै संविधान संशोधन हुनु पर्ने बताउनुभएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भन्नुभयो –‘हामीबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ, अरुसँग पनि तालमेल गर्न सकिन्छ ।’ यसअघि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भइसकेको छ ।
संघीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले संसद्को प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक १८ गतेभित्र पास हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो –‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाइएको हो, बैशाख १८ गतेभित्रै यसलाई संसद्बाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’
यादवले संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने चेतावनी दिनुभयो । वातावरण सहजताका लागि आफूहरुले केही दिनलाईमात्रै संघर्षका कार्यक्रमहरु स्थगन गरेको भन्दै यादवले प्रस्ताव पारित नभए आन्दोलनमा जाने जिकिर गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...