काठमाडौं, १४ वैशाख ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाली क्रिकेट खेलाडीहरुको १५ महिनादेखि रोक्किएको तलब उपलब्ध गराउने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको बिवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीहरुको तलब रोकिएको थियो । रोक्किएको तलब उपलब्ध गराउने बारे आइसीसीले यस्तो निर्णय गरेको हो ।
आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । क्यानमाथिको निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको बताइएको छ ।
क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता रोक्का भएपछि नेपाली खेलाडीहरुले तलब पाएका छैनन् ।
आईसीसीले क्यानलाई निलम्बन गरे पनि नेपाली क्रिकेट टोलीको अन्तर्राष्ट्रिय सहभागिता भने खुल्ला नै राखेको छ । क्यान निलम्बनमा परेपछि पनि नेपालले आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपका लागि दुई चरणका चार खेल खेलिसकेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।