विपन्न परिवारलाई प्रवासी सञ्जालको राहत - Naya Online

विपन्न परिवारलाई प्रवासी सञ्जालको राहत

चुलाचुली, १४ वैशाख ।
इलामको दक्षिणी चुलाचुली गाउँपालिका–३ यलम्बर चोकस्थित एक विपन्न परिवारलाई चुलाचुली प्रवासी सञ्जाल इलामले राहत वितरण गरेको छ ।
सञ्जालका अध्यक्ष बलराम गिरी र सचिव छत्र चाम्लिङसहितको समूहले स्थानीय मृतक वीरबहादुर राईको परिवारलाई राहत हस्तान्तरण गरेको हो । आर्थिक रूपले विपन्न वीरबहादुरको १७ दिन अघि छोपुवा बिरामका कारण मृत्यु भएको थियो ।

ज्याला मजदुरी गरेर परिवार पालिरहेका उनका श्रीमती र तीन छोरी छन् । मृतककी श्रीमती सुकमाया राईका अनुसार वीरबहादुरको मृत्युपछि तीन सन्तानलाई लालनपालन र विद्यालय भर्ना गर्न समस्या छ । मृतक वीरबहादुरको जीर्ण घर केही दिनअघि छिमेकीहरूले श्रमदान गरेर बनाइदिएका छन् ।
चेतनामूलक कार्यक्रम गर्ने उद्देश्य लिएको सञ्जालले पीडितलाई सामान्य सहयोग उपलब्ध गराएको समितिका अध्यक्ष गिरीले बताउनुभयो । तत्कालका लागि २० वाटको एक थान सोलार प्यानल, दुई थान ओड्ने–ओछ्याउने, आय आर्जन स्रोतका लागि  एउटा सुँगुरको पाठो गरी २० हजार दुई सय बराबरको राहत वितरण गरिएको सञ्जालले जनाएको छ ।
विदेशमा रहेर श्रम गरिरहेका गाउँले युवाहरुको सहयोगमा सञ्जालले आर्थिक कोष खडा गरेको गिरीको भनाइ छ । चुलाचुली प्रवासी सञ्जालले कोषमा पाँच लाख रकम जम्मा गरेको सचिव चाम्लिङले जानकारी दिनुभयो । नौ सदस्यीय कार्य समिति रहेको सञ्जालमा ३० जना दाताहरूले १० हजार देखि ६० हजारसम्म सहयोग गर्दै आएका छन् ।
बुधबार राहत प्रदान गर्न स्थानीय सामाजिक अगुवाहरु मिना आङथुपो, नरेश माङमो, हेमन्त राई, तीलप्रसाद आङथुपो, देउमान थुलुङ, विजय राई लगायत सहभागी थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...