विपन्न परिवारलाई प्रवासी सञ्जालको राहत - Naya Online

विपन्न परिवारलाई प्रवासी सञ्जालको राहत

चुलाचुली, १४ वैशाख ।
इलामको दक्षिणी चुलाचुली गाउँपालिका–३ यलम्बर चोकस्थित एक विपन्न परिवारलाई चुलाचुली प्रवासी सञ्जाल इलामले राहत वितरण गरेको छ ।
सञ्जालका अध्यक्ष बलराम गिरी र सचिव छत्र चाम्लिङसहितको समूहले स्थानीय मृतक वीरबहादुर राईको परिवारलाई राहत हस्तान्तरण गरेको हो । आर्थिक रूपले विपन्न वीरबहादुरको १७ दिन अघि छोपुवा बिरामका कारण मृत्यु भएको थियो ।

ज्याला मजदुरी गरेर परिवार पालिरहेका उनका श्रीमती र तीन छोरी छन् । मृतककी श्रीमती सुकमाया राईका अनुसार वीरबहादुरको मृत्युपछि तीन सन्तानलाई लालनपालन र विद्यालय भर्ना गर्न समस्या छ । मृतक वीरबहादुरको जीर्ण घर केही दिनअघि छिमेकीहरूले श्रमदान गरेर बनाइदिएका छन् ।
चेतनामूलक कार्यक्रम गर्ने उद्देश्य लिएको सञ्जालले पीडितलाई सामान्य सहयोग उपलब्ध गराएको समितिका अध्यक्ष गिरीले बताउनुभयो । तत्कालका लागि २० वाटको एक थान सोलार प्यानल, दुई थान ओड्ने–ओछ्याउने, आय आर्जन स्रोतका लागि  एउटा सुँगुरको पाठो गरी २० हजार दुई सय बराबरको राहत वितरण गरिएको सञ्जालले जनाएको छ ।
विदेशमा रहेर श्रम गरिरहेका गाउँले युवाहरुको सहयोगमा सञ्जालले आर्थिक कोष खडा गरेको गिरीको भनाइ छ । चुलाचुली प्रवासी सञ्जालले कोषमा पाँच लाख रकम जम्मा गरेको सचिव चाम्लिङले जानकारी दिनुभयो । नौ सदस्यीय कार्य समिति रहेको सञ्जालमा ३० जना दाताहरूले १० हजार देखि ६० हजारसम्म सहयोग गर्दै आएका छन् ।
बुधबार राहत प्रदान गर्न स्थानीय सामाजिक अगुवाहरु मिना आङथुपो, नरेश माङमो, हेमन्त राई, तीलप्रसाद आङथुपो, देउमान थुलुङ, विजय राई लगायत सहभागी थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...