झापा, १२ वैशाख ।
आर्थिक अभावका कारण उपचारमा गर्न नसकेकी झापा झिलझिलेकी सोनिया भूलेजको नाममा संकलित सहयोग रकम सार्वजनिक गरिएको छ । झापाली युवा सरोकार समाज नेपालले सञ्चालन गरेको सोनिया भूजेल बचाउ अभियानले मंगलबार झापाको झिलझिलेमा पत्रकार भेटघाट गरेर रकम सार्वजनिक गरेको हो ।
स्थानीय तुलशी राउतले मादक पद्धार्थ सेवन गरी चार वर्षिया सोनिया भूजेललाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । सोनियाको बाबु चन्द्रबहादुरले जनाए अनुसार चार वर्षअघि दशैंको समयमा आफ्नो छोरी छिमेकी राउतको घरमा खेल्न गएकी थिइन् । राउतले उक्त मैकामा सोनियालाई हतियार प्रहार गरी घाइते बनाएका थिए ।
राउतले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनेकी सोनियाको उपचारपछि जीवन त बाँच्यो तर उनी पूर्ण रूपले हिँडडुल गर्न सक्दिनन् । त्यतिबेला झिलझिले माध्यमिक विद्यालयमा कक्षा–१ मा अध्यनरत सोनियालाई अहिले पनि विद्यालय जाने मन छ । तर, शारिरिक अशक्तत्ताका कारण उनी ओछ्यानमै थलिएकी छन् ।
झापाली युवा सरोकार समाज नेपालका अध्यक्ष कविराज चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा संकलित सहयोग रकम सोनियाका बाबु चन्द्रबहादुरलाई समाजका उपाध्यक्ष सुरज रिङालुङ राईले हस्तान्तरण गर्नुभएको हो ।
अभियान अन्तर्गत सोनिया भूजेल उपचारार्थ कतार, बहराइन, दुवई, काठमाडौं र स्थानीय स्तरबाट ८५ हजार रुपैयाँ संकलन भएको संस्थाले सार्वजनिक गरेको छ । संकलित रकम मध्ये ६० हजार रुपैयाँ स्थानीय चौतारी बचत तथा ऋण सहकारी संस्थामा नगद १ लाखको कोष स्थापना गर्ने लक्ष्यसहित राखिएको छ । २५ हजार नगद चन्द्रबहादुरलाई हस्तान्त्रण गरिएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।