संविधान संशोधन गर्ने सर्तमा संघीय गठबन्धनको आन्दोलन स्थगन - Naya Online

संविधान संशोधन गर्ने सर्तमा संघीय गठबन्धनको आन्दोलन स्थगन

काठमाडौं, १० वैशाख । प्रचण्ड नेतृत्वको सरकारले परिमार्जनसहित संविधान संशोधन प्रक्रिया अघि बढाउने सर्तमा मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकबाट परिमार्जनसहित संविधान संशोधन गर्ने निर्णय गरेकोले आन्दोलनका कार्यक्रम स्थगत गरिएको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार दिउँसो मन्त्रिपरिषद् बैठकले शनिबार मोर्चासँग भएको सहमति अनुसार परिमार्जनसहित संंविधान संशोधन गर्ने निर्णय गरेपछि संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमहरु तत्काललाई स्थगन गर्ने निर्णय गरेको हो ।
गत बैशाख ३ गते स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर संघीय गठबन्धनले आन्दोलनमा देशभर मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्नेसम्मका चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आइतबार बसेको गठबन्धनको बैठकले संविधान संशोधन विधेयक पारित नहुँदासम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
‘भद्र सहमतिअनुसार सरकारले मन्त्रिपरिषदबाट गरेको निर्णय स्वागत योग्य छ’, बैठकपछि संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नुभयो –‘संविधान संशोधन नहुँदासम्मका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।’ आन्दोलन स्थगित मात्रै भएको भन्दै श्रेष्ठले फिर्ता भने नभएको जिकिर गर्नुभयो ।
सहमतिमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने र परिमार्जनसहित फास्ट ट्रयाकमा संशोधन प्रस्तावलाई अघि लैजाने भद्र समझदारी भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...