दमक, ९ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय सरकारको चुनावमा मधेसी मोर्चा आउने निश्चित भएको बताउनुभएको छ ।
राप्रपा दमक नगरले शनिबार आयोजना गरेको खुल्ला सभालाई सम्बोधन गदैर् थापाले २० वर्षपछि हुन लागेको ऐतिहासिक स्थानीय तहको चुनावमा सबैको सहभागिता हुनुपनेर्मा जोड दिनुभएको हो । थापाले मधेसको धर्म रक्षा, संस्कृति र अधिकारका विषयमा विवाद नभएको तर संविधान संशोधनको बारेमा केही मतभेद भएको जिकिर गर्नुभयो ।
जनताको फैसला आफै गनेर् अधिकारको निर्णयलाई कसैले बिथोल्न उपयुक्त नहुने भन्दै उहाँले हिन्दू राष्ट्र राजसंस्थारहितको लोकतन्त्र संविधानमा नसमेटिएको भन्दै थापाले जनताले हिन्दू राष्ट्रमा बहुमत दिए हिन्दू राष्ट्र हुने दाबी गर्नुभयो । जनसंख्याका आधारमा स्थानीय तहको संख्या कायम गर्नुपर्ने माग मधेसी मोर्चाले राखेको भन्दै थापाले भन्नुभयो –‘मोर्चाले निर्वाचनमा सहभागी हुनका लागि स्थानीय तह संख्यामा हेरफेरलगायतको सर्त राखेको छ ।मोर्चा निर्वाचनमा आउँदा अहिले कायम भएका स्थानीय तहमा हेरफेर हुनसक्छ ।’
उपप्रधानमन्त्री थापाले संसद्मा दर्ता भएको विधेयकलाई समान्य परिमार्जन गरी अघि बढाउने विषयमा मधेसी मोर्चासँग सहमति बन्दै गएको जानकारी दिनुभयो । नागरिकता, भाषा, राष्ट्रियसभाको गठन विधि तथा परिमार्जनसहितको संविधान संशोधनका विषयमा मोर्चासँग छलफल भइरहेको उहाँको भनाइ थियो ।
सभालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू धर्म मान्नेहरुको बाहुल्य नेपालमा अझै रहेकाले हिन्दू धर्मावलम्बीहरुको पक्षमा आफूहरु उभिएको जिकिर गर्नुभयो ।
कार्यक्रममा सह–महामन्त्री तथा दमक नगरका मेयर पदका उम्मेद्वार रामकुमार थापाले दमकको समग्र हितका लागि राप्रपालाई जिताउन आग्रह गर्नुभयो । यसैगरी, केन्द्रीय सदस्य कोमल ओली, राजेश गिरी, हेमानन्द गिरी लगायतले बैशाख ३१ पछि राप्रपा देशकै ठूलो पार्टी बन्ने भन्दै राप्रपा बिना मुलुक चल्न नसक्ने जिकिर गरे ।
कार्यक्रममा विभिन्न दल परित्याग गरी दुई सय जना भन्दा बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष थापाले अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो । प्रदेशस्तरीय सभामा विभिन्न क्षेत्रबाट उल्लेख्य सङ्ख्यामा राप्रपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।