जनकपुर, वीरगञ्ज, बनेपा र गाईघाटमा एकैदिन संघीय गठबन्धनले गर्यो चुनाव को विरोधमा प्रदर्शन - Naya Online

जनकपुर, वीरगञ्ज, बनेपा र गाईघाटमा एकैदिन संघीय गठबन्धनले गर्यो चुनाव को विरोधमा प्रदर्शन

काठमाडौं ९ वैशाख । परिमार्जनसहितको संविधान संशोधन नभए चुनाव हुनै नदिने चेतावनी दिएर देशव्यापी आन्दोलनमा होमिएको संघीय गठबन्धनले शनिबार एकै दिन चार मुख्य शहरहरुमा आमसभा र विरोध प्रदर्शन गरेको छ ।
मधेसी मोर्चा आबद्ध रहेको संघीय गठबन्धनले पर्साको वीरगञ्ज, धनुषाको जनकपुर, उदयपुरको गाईघाट र काभ्रेको बनेपामा शनिबार एकसाथ विरोध प्रदर्शन र आमसभा गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता चलिरहेका बेला मोर्चासहितको गठबन्धनले प्रमुख चार ओटा शहरहरुमा विरोध प्रदर्शन गरेर सरकारलाई चेतावनी दिएको हो ।

जनकपुरमा यादवको नेतृत्व

गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जनकपुरमा विरोध र्यालीसहित सभा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै यादवले परिमार्जनसहित संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा चुनाव सम्भव नभएको दाबी गर्दै चुनावका लागि साझा सहमति बन्नु पर्नेमा जोड दिनुभयो ।
संघीयतालाई नै धरापमा पार्ने गरि सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सम्भव नभएको यादवको भनाइ थियो । संघीयता र स्वायत्तताका लागि सयौं मधेसी सपूतले ज्यानको आहूति दिएको भन्दै अध्यक्ष यादवले लामो संघर्षबाट प्राप्त संघीयताको रक्षा गर्ने दायित्व समेत मधेसी जनताकै रहेको जिकिर गर्नुभयो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संशोधनलाई बेवास्ता गरे चुनाव हुनै नसक्ने सरकारलाई सुझाव दिनुभएको थियो ।
यसैबीच वीरगन्जमा आयोजित विरोध सभामा मोर्चा/गठबन्धनका नेताहरुले संविधान संशोधन नभए चुनावको दिवास्वप्न नदेख्न सरकारलाई चेतावनी दिएका छन् । संविधान संशोधन नगरी स्थानिय तहको निर्वाचन गर्नु नदिने अडान राख्दै मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन् ।
ससफो नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा वीरगन्जको मुरली चोकबाट निकालिएको जुलुश घाण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा चोक हुदै पुनः घण्टा घर चोकमा पुगेर आमसभामा परिणत भएको थियो ।

बनेपामा पनि गठबन्धनको विरोध सभा

संघीय गठबन्धनले काभ्रेको बनेपामा पनि चुनाव विरुद्ध सभा गरेको छ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्कीको नेतृत्वमा आयोजित विरोध सभाका नेताहरुले संविधान संशोधनलाई बेवास्ता गरेर जान खोजिए मधेस जस्तै पहाडमा पनि चुनाव हुन नदिइने चेतावनी दिएका छन् ।
ससफो नेपाल काभÞेका अध्यक्ष सिद्दिबहादुर जोशीको अध्यक्षता भएको विरोधसभामा प्रमुख अतिथि फोरम नेपाल केन्द्रीय उपाध्यक्ष युवराज कार्की, अतिथिहरु आदिवासी जनजाति पार्टी नेपाल अध्यक्ष तामाङ बुद्धराज स्याङ्तान, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जय गोले, ससफो नेपालका केन्द्रीय सदस्य उत्तम लामा र सिंह बहादुर तामाङ लगयतले सम्बोधन गरेका थिए ।

उदयपुरमा पनि चुनाव विरुद्ध प्रदर्शन

भित्रिमधेसका जिल्लाहरु मध्ये उदयपुरको गाईघाटमा पनि संघीय गठबन्धनले स्थानीय निकायको चुनाव विरुद्ध विरोध प्रदर्शन गरेको छ । मुख्यताः संघीय समाजवादी फोरम नेपाल र गठबन्धनका नेताहरुले सभालाई सम्बोधन गर्दै आफूहरु चुनावको पक्षधर भए पनि संशोधन नभएसम्म सरकारले चुनावी तयारी गर्नु व्यर्थ हुने बताएका छन् ।
देशव्यापी रूपले स्थानीय निकायको चुनाव सम्पन्न गर्ने भए परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने सुझाव दिँदै उनीहरुले सहमतिको निर्माण एवम् सबैलाई समेटेर चुनाव गराउने प्रमुख दायित्व सरकारको भएकोले सरकार यसमा चूकेको आरोप लगाएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...