ससफो झापा समितिलाई सपथ - Naya Online

ससफो झापा समितिलाई सपथ

विर्तामोड, ९ वैशाख ।
संघीय समाजवादी फोरम नेपालको निर्वाचित झापा जिल्ला समितिका सदस्यहरुलाई शनिबार सपथ ग्रहण गराइएको छ । समाजवादी फोरमका राजनीतिक समिति सदस्य प्रवीण नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बीच निर्वाचित ५७ जना जिल्ला सदस्यहरुलाई सपथ गराइएको हो । समारोहलाई सम्बोधन गर्दै नेम्बाङले अबको परिवर्तनकारी राजनीतिक आन्दोलनलाई समाजवादी फोरमले नेतृत्व गरिरहेको दावी गर्नुभयो । उहाँले झापाको पार्टी संगठनलाई आन्दोलनसँग जोडेर अघि बढ्न निर्देशन दिनुभयो ।
पार्टीको लिम्बुवान प्रदेश समिति उपाध्यक्ष देवेन्द्र राईले आन्दोलन नै पार्टीको जीवन भएकाले संगठित र अनुशासित भएर अघि बढ्न निर्वाचित समितिलाई आग्रह गर्नुभएको थियो ।
निर्वाचन समितिका सदस्य कमन देवानले झापा राजनीतिक रूपले अनेकन चुनौती र प्रसस्त सम्भावना बोकेको जिल्ला भएकाले साझा भावनाका साथ नयाँ समितिलाई काम गर्न सुझाव दिनुभएको थियो ।
झापाको विर्तामोडमा आयोजित सपथ ग्रहण समारोहका बीच गत चैत २० र २१ गते सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित जिल्ला सदस्यहरुलाई सपथ ग्रहण गराइएको निर्वाचन समितिका सदस्य सुरेश लावतीले जानकारी दिनुभयो ।
समारोहमा केन्द्रीय सदस्य लोकसागर साम्बा, लिम्बुवान प्रदेश समिति कोषाध्यक्ष केवलराम राई, सचिव सुमन शर्मा जमरकट्टेल, सचिवालय सदस्य पदमकुमारी राई (लिम्बू), समाजवादी महिला फोरमकी केन्द्रीय सदस्य गंगा मास्के लगायतको सहभागिता रहेको थियो ।
सपथ ग्रहणपछि प्रतिवद्धता व्यक्त गर्दै निर्वाचित अध्यक्ष धिरेन सुब्बा लावतीले जिल्ला पार्टीलाई संगठित र जुझारु ढंगले अघि बढाइने बताउनुभयो । लावतीले भने यसअघि चैत ३० गते नै सपथ लिइसक्नु भएको हो । अध्यक्ष पदका प्रत्यासी दिपेन बाला राईले निर्वाचित समितिलाई आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...