सन्देश सुब्बा
पाँचथर/ जिल्लाको हिलिहाङ गाउँपालिका–७, पाखागाउँका अग्नी पीडितलाई शुक्रबार राहत वितरण गरिएको छ ।
सो ठाउँका पाँच घर अग्नी पीडितलाई हाल दक्षिण कोरियामा रहेका स्थानीय डम्बर सुहाङले संकलन गरी पठाएको ८० हजार नगद पत्रकारहरुको एक टोली पाखागाउँ पुगि वितरण गरेका हुन् । उक्त राहत रकम अग्नी पीडित इन्द्र बहादुर पन्धाकलाई ३० हजार, मदन चापागाईँलाई २० हजार त्यस्तै डिल्ली कुमार पन्धाक, राज कुमार पन्धाक र राजेन्द्र पन्धाकलाई समान दश–दश हजार रुपैंयाँ वितरण गरिएको थियो ।
गत चैत २८ गते तमोर नदी किनार छेउको जङ्गलबाट सुरु भएको आगलागि आँधीहुरी सँगै गाउँ पस्दा इन्द बहादुरको एउटा घर र गोठ, मदनको एउटा घर, डिल्ली र राज कुमारको एउटा–एउटा ग्वाली र राजेन्द्रको एउटा किचन जलेको थियो । उक्त आगलागिले सोही गाउँमा रहेको मानव रहित छ वटा घर र केही चौपाया समेत जलेको स्थानीयले बताए ।
उक्त राहत रकम वितरण गर्न पत्रकारहरु बिजयवोध लाओती, नारायण तुम्बापो, सन्देश सुब्बा र सेसेहाङ आलोती पाखागाउँ पुगेका थिए । जङ्गलमा पसेको आगो गाउँमा पस्दा करीब ६५ लाख रुपैंयाँ बराबरको क्षति भएको बताइएको छ । जङ्गलमा कसले किन आगो लगायो भन्ने विषय हालसम्म पनि पत्ता लागेको छैन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।