मोरङ, ८ वैशाख ।
खम्बुवान स्वायत्त क्षेत्रका लागि संघर्षरत खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय उपाध्यक्षसहित नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार मोरङको पथरीमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष डि.स. (दिनेश) खम्बुसहित उल्लेख्य संख्यामा खम्बुवान कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
पूर्वाञ्चल इन्र्चाज समेत रहनुभएका खम्बूलगायत नारी प्रमुख अमिता राई, केन्द्रीय सहसचिव सूर्य राई, केन्द्रीय सदस्य डम्बर राई, धामसिम राई, विकास खम्बू, मनकुमारी राई, अल्विना राई, राज राई, पञ्चनम राई, दीपक राई र दलबहादुर राई एमाले प्रवेश गरेका हुन् ।
पत्रकार सम्मेलनमा खम्बूले नेपालको संविधान २०७२ ले सबै जातजातिका पहिचान र अधिकारलाई समेटेको दावी गर्दै पहिचानको निम्ति अब थप आन्दोलन आवश्यक नरहेको जिकिर गर्नुभएको थियो । संविधान कार्यन्वयन गर्न एमालेले मात्र सक्ने ठहर गर्दै आफूहरु एमालेमा प्रवेश गरेको खम्बूको भनाइ थियो ।
नवप्रवेशीहरुलाई एमालेका एक नम्बर प्रदेशका सल्लाहकार धनश्याम खतिवडा र प्रदेश सदस्य रामकुमार बस्नेतले स्वागत गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।