प्रथम पाँचथर गोल्ड कप - Naya Online

प्रथम पाँचथर गोल्ड कप

रेड हर्स बिरुद्ध कठिन जीत निकाल्दै बिर्ता युनाइटेड फाइनलमा प्रवेश

सन्देश सुब्बा/ ७ वैशाख
पाँचथर/ झापाको बिर्ता युनाइटेड क्लव फिदिममा जारी प्रथम पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार फिदिम माविको खेलमैदानमा सम्पन्न अन्तिम सेमीफाइनलमा २–१ गोलको कठिन जीत निकाल्दै बिर्ता युनाइटेडले उपाधि भिडन्तका लागि एपिएफ पूर्वाञ्चल सँगको भेट पक्का गरेको हो ।


खेलको नवौं मिनेटमा योगेश गुरुङको गोलबाट १–० ले अगाडि बनेकोे बिर्ता युनाइटेडको अग्रता १७ औं मिनेटमा रेड हर्सका मनिष थापाले गोल गर्दै भङ्ग गरे । कडा प्रतिश्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने केही राम्रा अवशर सदुपयोग गर्न सकेनन् । २१ औं मिनेटमा मनिषको सुन्दर प्रहारललाई बिर्ता युनाइटेडका गोल किपर दिनेश थापा मगरले जाली चुमाउँन दिएनन् । ३५ औं मिनेटमा बिर्ताका विशाल राई ‘ए’ ले गरेको कडा प्रहार रेड हर्सका गोल किपर पूर्ण चेम्जोङले उत्कृष्ठ बचाउ गरे ।
छिरिङ गुरुङको कप्तानीमा यू–१६ राष्ट्रिय टोलिबाट खेलिसकेका बिदुर रिजाल सहित मैदान उत्रिएको रेड हर्सको तुलनामा बिर्ता युनाइटेडमा राष्ट्रिय टिम सँगै ए डिविजन लिगमा खेल्ने उल्लेख्य खेलाडि थिए । तर पनि जीत निकाल्न भने बिर्तालाई हम्मे परेको थियो । बिर्ताका बुद्ध चेम्जोङ र विशाल राई ‘बी’ ले गोल गर्ने केही अवशर खेर फाले भने देबेन्द्र तामाङ सहितको रक्षापंक्तिलाई रेड हर्सका खेलाडिले दबाबमा राखेका थिए ।
खेलको ८१ औं मिनेटमा रेड हर्सको डिफेन्सले गोल क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै विशाल राई ‘बी’ को गोलबाट बिर्ता युनाइटेडले फाइनलको यात्रा तय ग-यो । शनिबार हुने फाइनल खेलमा एपिएफ पूर्वाञ्चल बिरुद्ध उपाधि चुम्ने लक्ष्य सहित मैदान उत्रिने बिर्ताका टिम ब्यवस्थापक टेकराज तिलिङले बताए । सेमीफाइनलमा आफ्ना खेलाडिले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा नतिजा आफ्नो पक्षमा पार्न निकै कठिन परेको उनले स्वीकारे ।
आफ्ना खेलाडिले राम्रो मुभ बनाए पनि गोल गर्ने अवशरबाट पटक–पटक चुक्दा हार ब्यहोर्नु परेको रेड हर्स इलामका प्रशिक्षक सेवक राईले प्रतिक्रिया दिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...