कसैको जागिर बचाउन निर्वाचनमा गइन्न : लिङ्देन - Naya Online

कसैको जागिर बचाउन निर्वाचनमा गइन्न : लिङ्देन

कमन देवान
दमक, ७ वैशाख ।

संघीय गठबन्धनको सिटी जुलुश दमकमा ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका अध्यक्ष कुमार लिङ्देन मिराकले केही नेताको जागिर बचाइदिनका लागि आफूहरु स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ ।
बिहीबार झापाको दमकमा संघीय गठबन्धनको पूर्वनिर्धारित लाठी जुलुश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कथित निर्वाचन बहिस्कार गरिने बताउनुभएको हो । लिङ्देनले भन्नुभयो –‘शेरबहादुर, ओली र प्रचण्डहरुको जागिर जोगाएर लिम्बुवान र तमाम उत्पीडित जनताले सदाका लागि दुःख पाउने स्थानीय तहको निर्वाचन बहिस्कार गर्छौं ।’
लिङ्देनले मधेसलाई छाडेर निर्वाचन गर्ने तयारी मुलुक बिखण्डनको खेल भएको आरोप लगाउँदै यस्तो कार्यको प्रतिवादका लागि गठबन्धन आन्दोलनमा अघि बढेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो –‘३१ गतेको मिति स्थागित गरेर सबैले निर्वाचनमा जाने वातावरण तयार गर्नका लागि वार्ता छलफल हुन्छ भने हामी बस्न तयार छौं ।’
लाठी जुलुशपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका लिम्बुवान प्रदेश मुख्य सचिव लोकसागर साम्बाले संघीय गणतन्त्र नेपालमा गणतन्त्र विरोधी कमल थापा र संघीयता विरोधी चित्रबहादुर केसीहरुले घोषणा गरेको स्थानीय तह निर्वाचनलाई बहिस्कार गर्नुको विकल्प नरहेको बताउनुभयो । साम्बाले भन्नुभयो –‘कथित निर्वाचनले मुलुकका उत्पीडित जाति समुदायका अधिकार थप कुण्ठित गर्दै पहिचान जनित प्रदेशहरुलाई असफल पार्ने काम गर्छ । अन्नतः यो संघीयता समाप्त पार्ने खेल हो । हामी यसलाई रोक्छौं ।’
लिम्बुवान क्रान्तिकारीका अध्यक्ष मिसेकहाङ थाम्सुहाङले बिगतमा लिम्बुवान र गोरखा राज्य सन्धीमार्फत एक भएकाले लिम्बुवानवासी जनतालाई राज्यले उपेक्षा गरे सन्धीको औचित्य समाप्त हुने र लिम्बुवानले स्वातन्त्रतापूर्वक निर्णय गर्न सक्ने चेतावनी दिनुभयो ।

प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप

संघीय गठबन्धनले स्थानीय तहको विरोधमा आह्वान गरेको आन्दोलनका क्रममा बिहीबार झापाको दमकमा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपको भिडियो हेर्न यहाँ क्लिक गर्नुस् : https://youtu.be/DppGiSOvbhM
दमकस्थित गणतन्त्र चोकबाट बिहीबार दिउँसो लाठी जुलुश निकाल्न लाग्दा प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो । सो क्रममा सामान्य झडप भए पनि प्रहरी घेरा तोडेर प्रदर्शनकारीले जुलुश सुरु गरेका थिए ।
जुलुशले दमक बजार परिक्रमा गरेर पुनः गणतन्त्र चोकतर्फ फर्कने क्रममा प्रहरीले पुशहाट नजिकै राजमार्गमा प्रदर्शनकारीलाई रोक्न खोज्दा दुई पक्षबीच पुनः झडप भएको हो । झडपमा गठबन्धनको आन्दोलनलाई नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको हातमा सामान्य चोट लागेको मन्चका नेता अशोक चेम्जोङले जानकारी दिनुभयो ।
प्रदर्शनकारीका तर्फबाट प्रहरीको प्रतिकार गर्दा केही प्रहरी घाइते भएका लिम्बुवान मन्चका सचिव धनराज सुुब्बाले जानकारी दिनुभयो । तर, प्रहरी प्रशासनले भने सो बोर केही जानकारी दिएको छैन ।प्रदर्शनकारीले दमक नगरपालिकाको कार्यालय अगाडि पुगेर गेटमै स्थानीय तह निर्वाचनको विरोधमा कालो झण्डा गाडेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...