विप्लवको कार्यक्रममा प्रहरी हस्तक्षेप - Naya Online

विप्लवको कार्यक्रममा प्रहरी हस्तक्षेप

दमक, ७ वैशाख ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार झापाको दमकमा स्थानीय निर्वाचनको विरोधमा गरेको सभालाई प्रहरीले बिथोलेको छ ।
दमक चोकको गोरखा डिपार्टमेन्टअघि विप्लव समूहले आयोजना गरको विरोधसभा सुरु हुनै लाग्दा प्रहरीले माइक खोसेर सभा बिथोलिएदिएको हो । त्यसअघि विप्लव समूहले स्थानीय निर्वाचनको विरोधमा नाराबाजी गर्दै दमक चोक परिक्रमा गरेको थियो । र्यालीमा विप्लव समूहका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । तर, पार्टीका झापा जिल्ला नेता सुमनसिंह पौडेलले भने प्रहरी हस्तक्षेपका बीच आफूहरुको विरोध कार्यक्रम सफल भएको बताउनुभयो । सभामा पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र वास्तोला ‘सुदर्शन’, पोलिटव्युरो सदस्य पदम राई, वैकल्पिक केन्द्रीय सदस्य निर्मल लगायतले कथित निर्वाचनको औचित्य नरहेकोले यसलाई पूर्ण खारेज गरेर वैज्ञानिक समाजवादतर्फ उन्मुख हुनुपर्ने धराणा राखेका थिए ।ण्
विप्लव समूहले निर्वाचन वहिस्कार सफल पार्न युवा दस्ता गठन गरी रातो टिसर्टमा मार्च समेत गराएको थियो । निर्वाचनको विरोधमा आयोजित सभा मेची व्युरो इन्चार्ज सुमन लिम्बूको सभाध्यक्षतामा सम्पन्न भएको हो । विप्लव समूहको र्यालीको भिडियो लिंक हेर्न यहाँ क्लिक गर्नुहोस् https://youtu.be/rRVKiHHmTjI

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...