निर्वाचनका लागि संविधान संशोधन आवश्यक : देउवा - Naya Online

निर्वाचनका लागि संविधान संशोधन आवश्यक : देउवा

झापा, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई निकास दिन संविधान संशोधन प्रस्ताव पारित हुन आवश्यक रहेको बताउनुभएको छ ।
मधेसी मोर्चा चुनावमा सहभागी भए आफूहरु दुई चरणमा निर्वाचन गराउन तयार रहेको भन्दै काँग्रेस सभापति देउवाले संविधान संशोधनका लागि एमाले लचक हुनुपर्ने र निर्वाचनमा जान मधेसी मोर्चा तयार हुनुपर्ने जिकिर गर्नुभयो । देउवाले भन्नुभयो –‘आफ्ना अधिकार स्थापित गर्न जनताले चुनाव चाहेका छन् । मधेसी जनतालाई अझ बढी चुनाव चाहिएको छ ।’ स्थानीय तहको निर्वाचन मुलुकको लागि जीवन–मरणको अवस्था भएको भन्दै उहाँले बहुदलीय व्यवस्था टिकाईराख्न चुनावको विकल्प नरहेको दावी गर्नुभयो । झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजित कांग्रेसको १ नम्बर प्रदेशमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव नचाहने षड्यन्त्रका कारण राष्ट्रवादको कुरा अघि सारिएको आरोप लगायनुभयो । ‘कसैले मधेसी राष्ट्रवाद, कसैले पहाडी राष्ट्रवादको कुरा गरेर मुलुकमा विखण्डन ल्याउन चाहन्छन् । हामी त्यसलाई रोक्छौं’, देउवाले भन्नुभयो ।
आदिवासी रंगशालालाई मदन भण्डारी नामाकरण गर्न खोजेर एमालेले आदिवासी जनजातिको भावना विपरित जान खोजेको सभापति देउवाले आरोप लगाउनुभयो । एमालेको विकास विरोधी कार्यले आदिवासी रंगशालाको भविष्य अन्योलमा परेको भन्दै उहाँले विरोध गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षदेखिको राजनीतिक अस्थिरतालाई छिनोफानो गरेर लोकतन्त्रलाई संस्थागत गर्ने समय आएकाले निर्वाचन अपरिहार्य भएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले चुनाव विरोधी आन्दोलनमा लागेका मधेसी मोर्चालाई बाटो नबिराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘जनताले अधिकारलाई स्थानीय तहको निर्वाचन माग गरेका छन्, जनताका लागि राजनीति गर्नुभएको हो भने चुनाव रोक्ने काम नगर्नुस् ।’
पौडेलले प्रीतपक्षी एमालेको रवैयाका कारण मुलुकको राजनीतिक परिस्थिति बिथोलिँदै गएको आरोप लगाउनुभयो । ‘एमालेको उग्र राष्ट्रवादले पनि मुलुकलाई हित गरेको छैन । यो काम एमालेले तत्कालै बन्द गरोस्’, उहाँले भन्नुभयो । आदिवासी रंगशालालाई बन्न नदिन एमालेले राजनीति गरेको भन्दै पौडेलले अर्जुनधारास्थित सामुदायिक वन हडपेर पार्टीका कार्यकर्तालाई मनोमानी गर्न दिएको पनि आरोप लगाउनुभयो ।
काँग्रेसको प्रादेशिक सभालाई महामन्त्री शशांक कोइराला, गृहमन्त्री विमलेन्द्र निधि, नेता डा. शेखर कोइराला, भीष्मराज आङदेम्बे, मीन विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।

देउवालाई हाईहाई पौडेललाई बाईबाई

सभालाई सम्बोधन गर्न दिउँसो २ बजे पुगेका सभापतिले देउवाले ५ बजेबाट करिब १७ मिनेट सम्बोधन गर्नुभयो । देउवाले सम्बोधन गर्दा १ नम्बर प्रेदेशका विभिन्न जिल्लाबाट सहभागी नेता कार्यकर्ताको भीडभाड देखिन्थ्यो । तर, देउवाले सम्बोधन नसक्दै भाषण सुन्न आएका काँग्रेस नेता कार्यकता सभाबाट फर्कन सुरु गरेका थिए ।
सभालाई अन्तिम वक्ताका रूपमा सम्बोधन गर्न आएका वरिष्ठ नेता पौडेलले बोल्न सुरु गर्नुअघि नै देउवा आफै पनि मञ्च छाडेर बाटो लागेका थिए । पौडेले लगभग सुनसान रहेको सभामा भाषण गरे ।
उनी बोल्दा मञ्चमा काँग्रेस महामन्त्री शशांक कोइराला, पूर्व अर्थमन्त्री रामशरण महत, पूर्व सञ्चारमन्त्री मृनेन्द्र रिजाल लगायत मात्रै बाँकी थिए । सभामा पौडेललाई सुन्न झापाका केही नेता कार्यकर्ताको मात्रै उपस्थिति रहेको थियो । सुरक्षाका लागि खटिएका प्रहरी र सशस्त्र प्रहरीले भने पौडेलको भाषण सुनेका थिए ।

जततउःररदष्त.थिरद्दयक्ष्बmन्ब्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...