विश्वासमा पर्दा आफ्नै सम्पती गुम्दै - Naya Online

विश्वासमा पर्दा आफ्नै सम्पती गुम्दै

पीडित लिम्बू भन्छन ‘अदालतसँग मेरो गुनासो छ’ 

काठमाडौं । ललितपुर साविका इमाडोल—८ का मानबहादुर लिम्बू विश्वस गरेका व्यक्तिको जालझेल, षड्यान्त्रमा परेर सारा घरजग्गा समाप्त भयो । न्याय माग्न अदालतमा पुगेका लिम्बू त्यहापनि आफूलाई न्याय नदिएको गुनासो गरेका छन् ।

शनिवार रिर्पोटर्स क्लव काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी लिम्बूले सो कुरा बताएका हुन् । साविक ताप्लेजुङ्ग थेचम्बु—४ का लिम्बूले २०५८ सालतिर पत्नि फिपरानी लिम्बूको नाममा दुई कित्ता गरी आठाना (मालपोत कार्यालय ललितपुरको कि.नं.१०९५ र १०९६) जग्गा किनेका थिए ।

उक्त जग्गा राखेर लिम्बूले बैंकबाट १५ लाख ऋण लिएका थिए । छिमेकीले सोही जग्गासँग सटेको अर्को दुई आना तीन पैसा जग्गा बिक्री गर्ने भएपछि लिम्बू परिवारलाई फेरी रकमको आवश्यकता प¥यो । अर्को जग्गा किन्नको लागि चिनजान रहेका व्यक्ति ललितपुर उपमहानरपालिका २१ का विनोद बहादुर खड्काले पत्निको नाममा रहेको आठाना जग्गा करार फिर्ताको कागज गरेर राजिनामा पास गरिदिए बैंकबाट थप रकम निकालिदने बताए ।

घट्ना विवरण अनुसार फिर्ता गरिदिने करार पत्र गरेर लिम्बू परिवारले खड्काको नाममा राजिनामा पास गरिदिएपछि खड्काले २० लाख रकम बैंकबाट निकालि दियो । उक्त पैसाले सीमानामै रहेको दुई आना जग्गा र मानबहादुर लिम्बूको नाममा किनेका थिए । केही महिनापछि लिम्बू परिवारलाई फेरी पैसाको आवश्यक प¥यो । विश्वासको भरमा उक्त जग्गा पनि विनोद बहादुर खड्कालाई राजिनामा पास गरेपछि आर्को ७ लाख रकम निकालिदिए । सो जग्गाको पनि करार फिर्ता कागज गरिएको थियो ।

लिम्बू परिवारलाई बैंकको तीन कलम गरेर ४२ लाख पुग्यो । लिम्बू परिवारको जग्गा आठाना र दुई आना जग्गा विनोद बहादुर खड्काको नाममा राजिनामा दिएको देखिन्छ । ऋण बढी भएपछि लिम्बू परिवारले आठाना जग्गा विक्री गर्ने सल्लाहा भयो । उक्त जग्गा १ करोड ११ लाखमा विक्री भयो ।

ऋण तिरेर बाँकी रहेको ७६ लाख रुपैया विनोद बहादुर खड्काले चलाउछु भनेपछि कपाली तमसुक गरेर मानबहादुर लिम्बूले खड्कालाई नै दिएका थिए । उक्त रकम र जग्गा फिर्ता माग्दा खड्का लामो समयसम्म सम्पर्क हुन छाडेपछि जिल्ला अदालत ललितपुरमा मुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालतले २०७१ बैशाख २८ गते न्यायाधीश टेकनारायण कुँवरको इजलासले लिम्बू विरुद्ध फैसाला सुनाएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । जिल्ला अदालतबाट न्याय नपाएपछि लिम्बू उच्च अदालत (पुनरावेदन) पाटन गए । उच्च अदालतले २०७३ पौष १७ गते जिल्लाकै निर्णयलाई सदर गरेपछि पीडित लिम्बू सर्वोच्च अदालत जाने तयारीमा छन ।

अदालतको फैसलापछि विभिन्न नचिनिएको व्यक्तिहरु (गुण्डा) प्रयोग गरेर ज्यान मार्ने धाकधम्कि सहित आफ्नै घरबाट निकाल्न पटक—पटक प्रयास भइरहेकोले शान्ति सुरक्षा समेत माग गरे । अदालतले समेत न्याय नदिएपछि अफू रोइरोइ हिड्ने सडक व्यक्ति जस्तो भएको लिम्बूले क्लवमा बताए ।

विनोदबहादुर खड्का, रोशन बज्रचार्य, राजु व्यन्जनकारले आफूमाथि घोर अन्यय गरेको बताए । पीडित लिम्बूसँग विनोदबहादुर खड्को औठा छाप सहितको ललितपुर मालपोत कार्यालयको १४३९ नं. कित्ताको दुई आना तीन पैसा जग्गा र ९७ लाख ८० हजार कपाली तमसुक छ । तर न्यायाधीश टेकनारायण कुँवर र उच्च अदालत (पुनरावेदन) पाटनका न्यायधीश लेखनाथ घिमिरे र पदमराज भट्टसँग लिम्बूले गुनासो गरे । सर्वोच्च अदालतले भने आफूलाई न्याय दिने लिम्बूको आशा छ ।

आमाको नाममा रहेको आठाना जग्गाको अंशा पाउनु पर्ने भन्दै छोरा विष्णुबहादुर सुब्बा, छोरीहरु रिणा र मञ्जिता लिम्बूले आमा फिपरानी लिम्बू र बाबु मानबहादुर लिम्बू विरुद्ध मुद्धा दायर गरेको थिए । छोराछोरीले उक्त जग्गाबाट अंश नपाउने अदालतले निर्णय दिएका छन् ।

घर जग्गा र तमसुक भएको पैसा सहित २ करोड भन्दा बढी विनोदबहादुर खड्का सहितको समुहले पीडित मानबहादुर लिम्बूलाई योजनाबद्ध ढंगले फसाएको बुझिन्छ । यो बिषयमा बुझ्न खोज्दा लिम्बूको प्रतिवादी विनोदबहादुर खड्का, रोशन बज्रचार्य र राजु व्यन्जनकारलाई सम्पर्क हुन सकेन । पीडित लिम्बूद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मेरो जीवन भर कमाएको रकम सकिदिएकोले सहयोग गर्न सवै पक्षसँग आग्रह गर्दछु ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...