झापा, ५ चैत ।
झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजना गरिएको नेपाली काँग्रेस १ नम्बर प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न मंगलबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा दमक आउनुभएको छ ।
स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर काँग्रस १ नम्बर प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रस्तावित १४ जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति र गाउँ÷नगर का प्रतिनिधि सहभागी हुने काँग्रेस स्रोतले जनाएको छ । प्रदेश सभा केही समयपछि सुरु हुने बताइएको छ ।
भेलामा १ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय पदाधिकारी र सदस्य, सांसद्, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु, भातृ संगठनका केन्द्रीय नेताहरु प्रतिनिधि रहेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काँग्रेसले शक्ति प्रदर्शनसहित सभा गर्न लागेको स्रोतले भनेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।