प्रधानमन्त्री प्रचण्ड झापा आउने - Naya Online

प्रधानमन्त्री प्रचण्ड झापा आउने

झापा, ५ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार झापा आउने हुनुभएको छ ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी झापा जिल्लाको १५औं झापा जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड झापा आउन लाग्नुभएको हो । झापाको विर्तामोडमा हुने अखिल क्रान्तिकारी झापा र वाइसिएल नेपाल झापाको संयुक्त अधिवेशन उद्घाटनका लागि प्रचण्डसहित माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल र सञ्चार मन्त्री सुरेन्द्र कार्की पनि झापा आउने कार्यक्रम तय भएको अखिल क्रान्तिकारीका महासचि वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
विद्यार्थी र वाइसिएलको संयुक्त अधिवेशन उद्घाटनका लागि आवश्यक तयारी पूरा भएको क्रान्तिकारीकारी स्रोतले जनाएको छ । अशिवेशन उद्घाटनमा प्रधानमन्त्री प्रचण्डसहितका नेता सहभागी हुने भएपछि विद्यार्थी र युवाको उल्लेख्य सहभागिता जुटाउन जिल्लाभर तयारी तिव्र पारिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विपिन बस्नेतले बताउनुभयो ।
यसैबीच अखिल क्रान्तिकारीले जिल्ला अधिवेशनका लागि विभिन्न क्याम्पसहरुमा संगठन निर्माणलाई तीव्रता दिएको छ । झापाका विभिन्न क्याम्पसहरुमा गठन कार्यक्रम भइरहेको बताइएको छ । झापाको दमकस्थित आस्था कलेज, मोडल क्याम्पस, युनिक कलेज लगायतमा समिति गठन गरिएको क्रान्तिारीले जानकारी दिएको छ ।
जिल्ला अधिवेशनका लागि वाइसिएलले पनि व्यापक तयारी गरिरहेको समाचार स्रोतले जनाएको छ । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको प्रचार गर्ने उद्देश्यले पनि प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डलाई झापा उतार्न लागेको अन्य दलहरुको दावी रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...