संयुक्त लिम्बुवान मोर्चा आन्दोलित हुने - Naya Online

संयुक्त लिम्बुवान मोर्चा आन्दोलित हुने

बिर्तामोड, ४ वैशाख । लिम्बुवानजन्य संगठनहरुको ‘संयुक्त लिम्बुवान मोर्चा’ले निर्वाचन बहिस्कार लगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर मोर्चाले आउँदो बैशाख ३१ गतेका लागि सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निर्वाचनलाई बहिष्कार गर्नेसहित एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाको एक महिने कार्यक्रम अन्तगर बैशाख ५ गते मशाल जुलुस, ७ गते लाठी÷सिटी जुलुस, ९ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा आमसभा, १३ गते मतदान केन्द्रहरुमा लाठी जुलुस गर्ने तय भएको छ ।
मोर्चाले यसअघि संघीय गठबन्धनले तय गरेको १५ गते मधेश/थरुहट र लिम्बूवान बन्द, १६ गते नेपाल बन्द र २७ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने कार्यक्रमलाई आफ्नो आन्दोलनको कार्यक्रममा जोडेको छ ।
संयुक्त मोर्चाले सोमबार जारी गरेको विज्ञप्तिमा लिम्बूवान प्रदेश समितिका मुख्य सचिव लोकसागर साम्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवा, लिम्बूवान प्रान्तीय परिषद्, राष्ट्रिय जनमुक्ति पार्टीका अम्बरबहादुर पन्धाक, लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीका अध्यक्ष मिसेकहाङ थाम्सुहाङ र लिम्बूवान मुक्ति मोर्चा संघीयवादीका अध्यक्ष खुवास खापुङले हस्ताक्षर गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...