राष्ट्रपति भण्डारी भारत भ्रमणमा - Naya Online

राष्ट्रपति भण्डारी भारत भ्रमणमा

काठमाडौं, ४ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पाँचदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्ती, सरकारका मन्त्रीहरु लगायतले त्रिभुवन विमानस्थलमा विदाई गरेका थिए ।
राष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण हो । यसअघि गतवर्ष तय भएको भण्डारीको भारत भ्रमण अन्तिम अवस्थामा ओली सरकारले स्थगित गरेको थियो । राष्ट्रपति भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमारी उपाध्ययले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । भारतले भने भण्डारीलाई स्वागत गर्न राज्यमन्त्रीलाई पठाएको थियो ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र शान्तिमन्त्री सीतादेवी यादवसहित ३४ जना सहभागी छन् ।
भण्डारीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिज अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारत सरकारका मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि भण्डारीको औपचारिक भारत भ्रमणको दिन सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषण गरेको थियो । त्यस्तै भण्डारी नेपाल फर्कने दिनका लागि पनि सार्वजनिक विदाको घोषणा गरेपछि प्रचण्ड सरकारको आलोचना भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...