काठमाडौ । बिगत चार बर्ष पहिले इजरायलमा रोजगार गर्न गएका याक्थुङहरूलाई एकता बद्ध गरि याक्थुङहरूको भाषा, लिपि, धर्म संस्कार संस्कृती, भेषभुषा संम्रणण र संम्बर्धन गर्ने उदेशयले किरात याक्थुङ चुम्लुङ इजरायलको १४ अप्रिलमा अधिबेशन सम्पन्न भएको छ । इजरायलको तेलअविव सहरको लेबेन्डा स्ट्रिटको ३२ नम्बर घरको दोस्रो तलामा रहेको कार्यक्रम हलमा चौथो बार्षिकत्वस तथा साधारण सभा आयोजना भएको हो ।
नेपाली राजदूताबास इजरायलका सहसचिब श्रीमती आस्था सुब्बा राई प्रमुख आतिथ्यतामा विशेष अतिथी नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष श्रीमती निर्मला गुरूङ रहनु भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधी इजरायलका अनलाईन मिडियाका पत्रकार मित्रहरू तगायत इजरायलमा कार्यरत याक्थुङहरू तथा नेपाली दाजुभाई तथा दीदीबहीनीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम लाई पहिले र दोस्रो गरी दुई चारणमा बिभाजन गरी गीता तुम्बाहाङ्फे र अविकुमार आङ्देम्बेले संचालन गर्नुभएको थियो । राष्ट्रियगानबाट सुरूभएको कार्यक्रममा उपाध्यक्ष माया वनेमले स्वागत मन्तव्य, कलाकारहरू निलिमा राई, प्रकाश पाहिम, सन्तोस माबो, सन्तोस लिबाङ, पुरन लिम्बु, माया मादेन, राज आङदेम्बे, रिदम राई लगायतले गीत तथा नृत्य प्रस्तुत गरि संगीतमय बनाएका थिए ।
त्यसैगरि याक्थुङहरूको मौलिक नाच धाननाच र केलाङ नाचले कार्यक्रमलाई अझै आकर्षित बनाएको थियो।
बर्षभरिको आर्थिक विवरण अर्थसचिब आईन्द्र योङ्याले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक प्रगति विवरण महासचिव गिता तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको थियो ।
पुरानो समिती विघटनपश्चात् गीता तुम्बाहाङ्फेको अध्यक्षतामा नयाँ समिती बनेको छ । जस्को प्रथम उपाध्यक्ष पुरण लिम्बू, उपाध्यक्षहरू डिल्लिमाया वनेम, जगत कन्दङ्वा, पुर्ण चोङ्बाङ, चन्द्रा चोङ्बाङ निर्वाचित भएका छन् ।
महासचिव कुमार आङ्देम्बे (अबि), सचिव नुमा बोखिम, कोषाध्यक्ष अइन्द्र योङ्या, अर्थ सचिव कन्चन बोखिम रहेका छन् भने सचेतकमा ममता लिम्बू, विष्णु इवा, कमला कन्दङ्वा रहेका छन् ।
सदस्यहरुमा प्रीन्सा कन्दङ्वा, सन्जु इवा, वसन वनेम, खुमा लिम्बू, जया चेम्जोङ, चन्चला थोप्रा, सरिता थेवे, नेहा इङ्नाम, माया इम्सोङ, शान्ती शेर्मा, सन्जु केदेम, गंगा सुहाङ, नरेश तुम्बापो र राज आङ्देम्बे रहेका छन् ।
साथै साधरण सभाले प्रताप मादेन, जीवन थक्लुङ, प्रविन आङ्बुङ, आशा लिम्बू राई, प्रताप वनेमलाई तोकेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।