नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति कप फुटबलको उपाधि बिर्तामोडलाई - Naya Online

नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति कप फुटबलको उपाधि बिर्तामोडलाई

दमक, ३ वैशाख ।

झापाको लखनपुरस्थित आदिवासी रंगशालामा सम्पन्न नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति कप फुटबलको उपाधि बिर्तामोड युनाईटेड क्लबले हात पारेको छ ।
आइतबार भएको फाईनल स्पर्धामा लखनपुर ११ लाई सडनडेथमा ४¬¬–३ को गोल अन्तरले पाखा लगाउँदै बिर्तामोड युनाइटेडले उपाधि चुमेको हो । प्रतिष्ठानको आयोजनामा सम्पन्न पूर्वाञ्चलस्तरीय प्रतियोगितामा दुबै टीमले १–१ गोलको बराबरी खेलेपछि खेल टाईब्रेकर हुँदै सडनडेथमा पुगेको थियो । सडनडेथमा लखनपुरका गोलरक्षक किशोर गिरीको प्रहार पोलबाट बाहिरिएपछि बिर्तामोडले उपाधि उचालेको हो ।
खेलमा अग्रता भने लखनपुरले लिएको थियो । खेलको ६७औँ मिनेटमा लखनपुरका लागि रञ्जित श्रेष्ठले गोल गरेका थिए । त्यस लगतै बिर्तामोडका लागि राज पौडेलले खेलको ७८औँ मिनेटमा गोल फर्काएर बराबरी पारेका थिए ।
फाइनल खेलको मेन अफ दी म्याच बिर्तामोडका गोलरक्षक विशाल मुखिया घोषित भए भने उनले ट्रफीसहित नगद ५ हजार पारे । बिर्तामोडका कप्तान योगेश गुरुङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित नगद ५ हजार हात पारे । उपाधि जितेको विर्तामोडले नगद १ लाख १ हजार १ सय ११ रुपैँया, ट्रफीर मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेतामै चित्त बुझाएको लखनपुर ११ ले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र हात पार्यो ।
यसैबीच यसअघि आइतबार नै भएको पत्रकार ११ टीम र  कलाकार ११ टीमबचिकोे मैत्रीपूर्ण खेलमा कलाकारले २–१ गोलसहित जित हात पार्यो । प्रतियोगिता समापन समारोहका बीच विभिन्न सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्व, कलाकार, सञ्चार माध्यमहरुलाई प्रीतष्ठानले सम्मान र कदर पत्र प्रदान गरेको थियो । प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विष्णु सुब्बा र सञ्चारकर्मी गिरीराज भट्टराईको सञ्चालन रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...