आदिवासी अधिकार संरक्षणमा जोड - Naya Online

आदिवासी अधिकार संरक्षणमा जोड

खजुरगाछी, १ वैशाख ।
दक्षिणी झापा, खजुरगाछीका आदिवासीहरुले अबको स्थानीय तहमा आफूहरुको अधिकार संरक्षित हुनुपर्ने माग गरेका छन् ।
शुक्रबार नयाँ वर्ष २०७४ को सिरुवा पावनीका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै स्थानीय आदिवासी अगुवाहरुले अब आफूहरुको राजनीतिक, भाषिक, सांस्कृतिक अधिकारसहितको स्थानीय तह बन्नुपर्नेमा जोड दिएका हुन् ।नेपाल आदिवासी जनजाति महासंघ खजुरगाछीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख सुरेन्द्र थापाले सबैलाई नयाँ वर्ष र सिरुवा पर्वको शुभकामना दिनुभयो । चाडपर्वहरुमा हुने औपचारिक कार्यक्रमहरुले सामाजिक सद्भावमा वृद्धि हुने उहाँको भनाइ थियो ।
महासंघ झापाका प्रचार विभाग प्रमुख कमन देवानले स्थानीय तह विभाजन गर्ने तर आदिवासी जनजाति समुदायका लागि स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रका बारेमा स्थानीय तह पुनर्संरचना आयोगले किटान नगर्दा समस्या भएको औंलाउनुभयो । देवानले भन्नुभयो –‘स्थानीय तहसँगै स्वायत्त क्षेत्रको पनि किटान हुनुपर्छ, अन्यथा अधिकार विभाजनका लागि स्थायी द्वन्द्व सिर्जना हुन सक्छ ।’ नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय भेलाबाट ६ बुँदे घोषणापत्र जारी गर्दै यथास्थितिमा स्थानीय निर्वाचनमा जान नसक्ने उद्घोष गरेको भन्दै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ झापाका उपाध्यक्ष सुसन राईले राज्यपक्ष गम्भीर हुनुपर्ने जिकिर गर्नुभयो । अदिवासी जनजाति समुदायलाई निर्वाचनमा सहभागी गराउन राज्यले पहल गर्नुपर्ने राईको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी महासमिति सदस्य फूलवती राजवंशीले सिरुवा पर्व पुराना मनमुटाव, दुःख सबै छाडेर नयाँ सोचका साथ अघि बढ्न प्रेरित गर्ने पर्व भएको स्पष्ट पार्नुभयो । राजवंशीले अबको स्थानीय तहमा आदिवासी समुदायको अधिकारलाई स्थापित गर्न महासंघको भूमिका अहम हुनुपर्ने जिकिर गर्नुभयो ।
सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष पर्वत राजविंशीले मधेसी मोर्चालाई नसमेटी गरिने स्थानीय तहको निर्वाचनले अर्थ नराख्ने जिकिर गरे भने स्थानीय सामाजिक अगुवा राजाबाबु श्रेष्ठले आदिवासी जनजाति समुदायलाई अबको निर्वाचनमा सही ढंगले मतदान गराउन मतदाता शिक्षा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न दलका स्थानीय अगुवा र सामाजिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैबीच शुक्रबार नै सिरुवा पावनीका अवसरमा लखनपुरस्थित जिम्दार चोकमा आदिवासी मेला सम्पन्न भएको छ । ताजपुरिया समाज कल्याण परिषद्को आयोजनामा लागेको एक दिने मेलामा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले बिगतका वर्षहरुमा झैं यस पटक पनि सिरुवा पावनीमा मेला लागेको जानकारी दिनुभयो ।

वृद्ध–वृद्धा र पत्रकार सम्मानित

सो अवसरमा महासंघ खजुरगाछीले स्थानीय ७ जना आदिवासी वृद्ध–वृद्धाहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि थापाले सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

जेष्ठ नागरिकहरु ८५ बर्षीया झरीदेवी राजवंशी, ८४ बर्षीया टुमोदेवी ताजपुरिया, ८४ बर्षकै चमारीदेवी गन्गाई, ८० बर्षीय रणबहादुर भूजेल, ८४ बर्षीया सोनामणि मर्मु, ८३ बर्षीया सरस्वती श्रेष्ठ र ८६ बर्षीया आशादेवी राईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै स्थानीयस्तरमा आदिवासी समुदायको समाचार सम्प्रेषणका लागि योगदान दिएको भन्दै महासंघ खजुरगाछीले कान्तिपुरकर्मी अर्जुन राजवंशी र पूर्वसन्देशकर्मी झगेन्द्र खड्कालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।  आदिवासी घाटुसरी गीत गाएर स्वागत गरिएको कार्यक्रममा महासंघ खजुरगाछीका अध्यक्ष आत्मराम राजवंशीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...