पथरी, ३१ चैत ।
मोरङको पथरी स्थित विरेन्द्रनगरमा सम्पन्न माता महालक्ष्मी कप टी ट्वान्टी सिरिजको उपाधि विरेन्द्रनगर क्रिकेट क्लब सेतोले जितेको छ ।
एक म्याच अघिनै सिरिजमा कब्जा जमाएको विसीसी सेतोले बिहीबार सम्पन्न अन्तिम खेलमा पनि ६ विकेटको जित हात पार्यो । विसीसी रातोले दिएको ७९ रनको लक्ष्य विसीसी सेतोले ४ विकेटको क्षतिमा पूरा गरेको हो । विरेन्द्रनगर क्रिकेट क्लब सेतोका लागि कप्तान चेतन खतिवडाले सर्वाधिक १७ रन बनाए । विसीसी रातोका लागि कृष्ण थापाले ४ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रातोले १५ ओभरमा अल आउट हुँदै मात्र ७८ रन बनाएको थियो जसमा अनिस लुइटेलले १५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
प्रतियोगिताको विजेता टोलीले नगद दश हजार एक रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलर विसीसी सेतोका सचिन रिजाल तथा उत्कृष्ट ब्याट्समेन विसीसी रातोका दिनेश पोख्रेल र उत्कृष्ट फिल्डर विसीसी सेतोका मुरारी खनाल घोषित भए ।
‘युवा खेलाडीलाई अवसर, दुव्र्यसन नियन्त्रणमा युवाको भर’ भन्न मुल नाराका साथ प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिताका विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि इन्दप्रसाद सुवेदी, क्लबका अध्यक्ष राजेश कुईकेल, सचिब मोहन गौतम लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।