काठमाडौं, ३१ चैत ।
गायक ब्रबिम शेर्मा र गायिका सुनिता थेगिम लिम्बूको युगलस्वरमा रहेको ‘नुरिकाङ वये मिम्जिमे’ अर्थात राम्ररी बस्नु मायालु बोलको गीती भिडियो सार्वजनिक भएको छ ।
लिम्बू भाषामा गाइएको ‘नुरिकाङ वये मिम्जिमे’ गीतको भिडियो युट्युबबाट सार्वजनिक भएसँगै चर्चित बनेको हो । मोडेल एवम् अभिनेत्री माला लिम्बूको बोल्ड अभिनय रहेको म्युजिक भिडियोमा निर्भिक राई र विवेक बेघाको पनि अभिनय देख्न पाइन्छ । गीतमा व्रविमकै संगीत रहेको छ ।
मालाले दिएको निकै बोल्ड अभिनयका कारण पनि गीतको भिडियो चर्चामा आएको निर्देशक विक्रम फागो वनेमले जानकारी दिनुभयो । माला आइटमर नम्बरमा देखिरहने मोडल हुन् । तर, उनले लिम्बू मौलिक गीतमा पहिलो पटक अभिनय गरेकी बताइएको छ ।
गायक व्रविम र सुनिताको सुमधुर स्वर रहेको यस गीतलाई आलोक आङदेम्बेले लेखेका हुन् । भिडियो भूपेन्द्र तुम्बाहाङ्फेले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोको युट्युव लिंक :
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।