प्रेस युनियनको शुभकामना आदान–प्रदान सम्पन्न - Naya Online

प्रेस युनियनको शुभकामना आदान–प्रदान सम्पन्न

दमक, ३१ चैत ।
नेपाल प्रेस युनियन माई पश्चिम शाखाले बिहीबार झापाको दमकमा नयाँ वर्ष २०७४ का अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
युनियनबाट आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ७ की समानुपातिक सांसद महेन्द्रकुमारी लिम्बूले स्थानीय निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै पत्रकार जगतले निर्वाचनमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
राप्रपाका सह–महामन्त्री रामकुमार थापाले दमक क्षेत्रका पत्रकारहरको हकहितका निम्ति आगामी स्थानीय तह निर्वाचनमा जसले जिते पनि काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले पत्रकारहरुका लागि भवन निर्माणमा पनि दमक नगरपालिकाले सहयोग गर्नुपर्ने धारणा राखनुभयो ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी (गगन)ले आफूले पार्टी राजनीतिका अतिरिक्त पार्टी निकट मिसन पत्रकारिताको अनुभव भोगेकाले दमक क्षेत्रका पत्रकारहरुको पीर मर्कालाई नजिकबाट बुझेको बताउनुभयो । झापा जिल्लामा माई पश्चिममाथि हुनेगरेका सबै किसिमका उत्पीडिनका लागि आफू लडिरहने पुरीको भनाई थियो ।
संघीय प्रेस फोरमका उपमहासचिव कमन देवानले क्यालेन्डरमा साल परिवर्तन हुनुले भन्दा पनि श्रमजीवी पत्रकारहरुको जीवनमा आउने साना–साना परिवर्तनले महत्व राख्ने भन्दै पत्रकारहरुले सबै पक्षलाई आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने वातावरण निर्माणका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बिगतमा भन्दा आउँदो वर्ष दमक क्षेत्रका पत्रकारहरुले विशेष उपलब्धि हात पर्ने भन्दै प्रेस सेन्टरका केन्द्रीय सदस्य विमल लामिछानेले दमकेली पत्रकारहरुले आपसी एकतालाई मजबुद पार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
दमक नगर विकास समितिका अध्यक्ष पुर्शराम रिजालले दमकको विकासमा योगदान गरिरहेका पत्रकारहरुको व्यवस्थित कार्यालय निर्माण र सञ्चालनका लागि आफूले समितिका तर्फबाट पहल गर्नु बताउनुभयो ।
कार्यक्रममा नेपाल अदिवासी जनजाति महासंघका सचिव शान्ति धिमाल, नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बे, प्रेस सेन्टरका झापा अध्यक्ष टीकाराम उप्रेती, प्रेस युनियनका झापा सचिव गिरीराज भट्टराई, नेपाल पत्रकार महासंघ झापाका सदस्य अनिलदेव राई, पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
युनियनका माई पश्चिम अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यष वेणुप्रसाद अधिकारीको स्वागत र अर्जुन राजवंशीको सञ्चालन रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...