प्रेस युनियनको शुभकामना आदान–प्रदान सम्पन्न - Naya Online

प्रेस युनियनको शुभकामना आदान–प्रदान सम्पन्न

दमक, ३१ चैत ।
नेपाल प्रेस युनियन माई पश्चिम शाखाले बिहीबार झापाको दमकमा नयाँ वर्ष २०७४ का अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
युनियनबाट आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ७ की समानुपातिक सांसद महेन्द्रकुमारी लिम्बूले स्थानीय निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै पत्रकार जगतले निर्वाचनमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
राप्रपाका सह–महामन्त्री रामकुमार थापाले दमक क्षेत्रका पत्रकारहरको हकहितका निम्ति आगामी स्थानीय तह निर्वाचनमा जसले जिते पनि काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले पत्रकारहरुका लागि भवन निर्माणमा पनि दमक नगरपालिकाले सहयोग गर्नुपर्ने धारणा राखनुभयो ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी (गगन)ले आफूले पार्टी राजनीतिका अतिरिक्त पार्टी निकट मिसन पत्रकारिताको अनुभव भोगेकाले दमक क्षेत्रका पत्रकारहरुको पीर मर्कालाई नजिकबाट बुझेको बताउनुभयो । झापा जिल्लामा माई पश्चिममाथि हुनेगरेका सबै किसिमका उत्पीडिनका लागि आफू लडिरहने पुरीको भनाई थियो ।
संघीय प्रेस फोरमका उपमहासचिव कमन देवानले क्यालेन्डरमा साल परिवर्तन हुनुले भन्दा पनि श्रमजीवी पत्रकारहरुको जीवनमा आउने साना–साना परिवर्तनले महत्व राख्ने भन्दै पत्रकारहरुले सबै पक्षलाई आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने वातावरण निर्माणका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बिगतमा भन्दा आउँदो वर्ष दमक क्षेत्रका पत्रकारहरुले विशेष उपलब्धि हात पर्ने भन्दै प्रेस सेन्टरका केन्द्रीय सदस्य विमल लामिछानेले दमकेली पत्रकारहरुले आपसी एकतालाई मजबुद पार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
दमक नगर विकास समितिका अध्यक्ष पुर्शराम रिजालले दमकको विकासमा योगदान गरिरहेका पत्रकारहरुको व्यवस्थित कार्यालय निर्माण र सञ्चालनका लागि आफूले समितिका तर्फबाट पहल गर्नु बताउनुभयो ।
कार्यक्रममा नेपाल अदिवासी जनजाति महासंघका सचिव शान्ति धिमाल, नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बे, प्रेस सेन्टरका झापा अध्यक्ष टीकाराम उप्रेती, प्रेस युनियनका झापा सचिव गिरीराज भट्टराई, नेपाल पत्रकार महासंघ झापाका सदस्य अनिलदेव राई, पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
युनियनका माई पश्चिम अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यष वेणुप्रसाद अधिकारीको स्वागत र अर्जुन राजवंशीको सञ्चालन रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...