संघीय गठबन्धन र मधेसी मोर्चा आन्दोलनमा जाने संकेत - Naya Online

संघीय गठबन्धन र मधेसी मोर्चा आन्दोलनमा जाने संकेत

दमक, ३० चैत ।
संघीय गठबन्धनले सरकारबाट मंगलबार संसद्मा पेश भएको दोस्रो संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने भएको छ ।
सरकारका तर्फबाट कानुन मन्त्री अजयशंकर नायकले मंगलबार चार महिनाअघि सरकारका तर्फबाट दर्ता भएको संघीयतामा सीमाङ्कन हेरफेरसहितको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । लगत्तै मंगलबार साँझ सरकारका तर्फबाट मन्त्री नायकले सीमाङ्कन बाहेकको अर्को संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको थियो । त्यस लगत्तै बुधबार संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठक बसेर सरकारले पुनः दर्ता गराएको संशोधन प्रस्ताव आफूहरुलाई अमान्य रहेको निर्णय गरेको हो । संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विगतमा भएका समझदारी, सहमति र सम्झौताहरुको प्रतिकूल हुनुका साथै संघीय गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको २६ बुँदे मागलाई समेत बेवास्ता गरी संशोधन प्रस्ताव पेश गरेको भन्दै यसले आन्दोलनरत पक्षका मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने गठबन्धनको ठहर छ । बैठकपछि जारी विज्ञप्तिमा ‘गठबन्धन उक्त विधेयकलाई अस्वीकार गर्दै मुद्दाहरुलाई सम्बोधन गराउन निरन्तर संघर्ष जारी राख्ने निर्णय गर्दछ’ भनिएको छ ।
गठबन्धनले संविधान संशोधन गरेर आफ्ना मुद्दाहरुलाई सम्बोधन नगरुञ्जेल स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको यादवबाट जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि बिहीबार नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि बैठक बसेर संविधान संशोधन विधेयक अस्वीकार गर्ने र यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो ।
मोर्चाका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले संशोधन प्रस्तावमा मोर्चा र संघीय गठबन्धनले उठाएका १९ र २६ बुँदे माग नसमेटिएकोप्रति आपत्ति प्रकट गरेको थियो । त्यस्तै सरकार र आन्दोलनरत पक्षबीच भएका सम्झौता कार्यान्वयन नभएकाले विधेयक अस्वीकार गर्ने भनी मोर्चाका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलनका थप कार्यक्रम समेत जारी गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गन मधेसका जिल्लामा शुक्रबार विरोध जुलुश प्रदर्शन गर्ने र वैशाख ४ गते जिल्लास्थित निर्वाचन कार्यालयहरुमा घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...