दमक, ३० चैत ।
विर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
लखनपुरको आदिवासी रंगशालामा जारी प्रतियोगिताको अन्तिम सेमिफाईनल खेलमा शसस्त्र प्रहरी बल लखनपुरलाई ट्राईब्रकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै विर्तामोडले फाईनलमा लखनपुर ११ सँगको भेट पक्का गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टिमले दोस्रो हाफको ३८औं सशस्त्रका लागि जर्सी नम्बर ६ का हरी कार्कीले गोल गरेका थिए । विर्तामोडले खेल अवधिभर गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन । त्यस पछि २ मिनेट अतिरिक्त समयको अन्तिम ३० सेकेण्डमा शसस्त्रका गोल रक्षक दिलकुमार लिम्बूले आत्माघाती गोल गरेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । अन्तिम ३० सेकेण्ड सम्हालिन नसक्दा सशस्त्रको फाइनल यात्रा टुङ्गियो ।
टाईब्रेकरमा सशस्त्रका जर्सी नम्बर १४ का भक्त गुरुङको प्रहारलाई विर्तामोडका गोल रक्षक विशाल मुखियाले उत्कृष्ट बचाउ गरेपछि विर्तामोडले आफ्नो फाइनल यात्रा तय गर्न सफल भयो । मुखिया खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बैशाख २ गते फाईनल खेल विर्तामोड र लखनपुर ११ बीच हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ उपविजेताले नगद ५० हजार मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिनुभयो । फाइन खेल भन्दा अघि राष्ट्रिय कलाकार टीम र झापाका पत्रकारबीच मैत्रीपूर्ण खेल हुने छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।