नयाँ संविधान संशोधन विधेयक दर्ता - Naya Online

नयाँ संविधान संशोधन विधेयक दर्ता

काठमाडौं, २९ चैत ।

व्यवस्थापिका संसद् बैठकको दृश्य । फोटो फाइल ।

सरकारले चार महिनाअघि व्यवस्थापिका संसद्मा दर्ता गराएको सीमाङ्कन हेरफेर गर्नेसहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिएलगत्तै मंगलबार पुनः नयाँ संशोधन विधेयक दर्ता गराएको छ ।
प्रदेशको सीमांकन हेरफेरका लागि सीमांकन आयोग गठन गर्ने र संविधानको धारा २७४ को प्रदेश सीमांकन बारेको प्रावधानलाई संशोधन गर्ने भनी नयाँ संशोधन विधेयक मंगलबार साँझ दर्ता भएको हो ।
कानुनमन्त्री अजयशंकर नायकले मंगलबार साँझ संसद सचिवालययमा संविधान संशोधन विधेयक दर्ता गराउनुभएको सचिवालय स्रोतले जानकारी दिएको छ । मंगलबार दर्ता भएको नयाँ संविधान संशोधन प्रस्तावले आन्दोलनरत मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन सहज हुने बुझाइ सरकार पक्षको छ ।
संविधान संशोधन विभिन्न ८ विषयमा गर्न खोजिएको छ । जसमा यसअघिको विधेयकमा रहेका ५ नम्बर प्रदेशको सीमांकन हेरफेर बाहेकका विषय यथावत राखिएको स्रोतले जनाएको छ । जसमा नागरिकता, भाषा र राष्ट्रिसभाको प्रतिनिधित्व सम्बन्धी व्यवस्था पहिलेकै विधेयक अनुसार यथावत रहेका हुन् ।
राष्ट्रियसभाका सांसदको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको मताधिकारलाई हटाउने भनी नयाँ प्रस्ताव गरिएको छ । विधेयकमा प्रदेश सभा गठन नभएसम्म त्यसको काम संघीय संसदले गर्ने व्यवस्था थपिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...