नयाँ संविधान संशोधन विधेयक दर्ता - Naya Online

नयाँ संविधान संशोधन विधेयक दर्ता

काठमाडौं, २९ चैत ।

व्यवस्थापिका संसद् बैठकको दृश्य । फोटो फाइल ।

सरकारले चार महिनाअघि व्यवस्थापिका संसद्मा दर्ता गराएको सीमाङ्कन हेरफेर गर्नेसहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिएलगत्तै मंगलबार पुनः नयाँ संशोधन विधेयक दर्ता गराएको छ ।
प्रदेशको सीमांकन हेरफेरका लागि सीमांकन आयोग गठन गर्ने र संविधानको धारा २७४ को प्रदेश सीमांकन बारेको प्रावधानलाई संशोधन गर्ने भनी नयाँ संशोधन विधेयक मंगलबार साँझ दर्ता भएको हो ।
कानुनमन्त्री अजयशंकर नायकले मंगलबार साँझ संसद सचिवालययमा संविधान संशोधन विधेयक दर्ता गराउनुभएको सचिवालय स्रोतले जानकारी दिएको छ । मंगलबार दर्ता भएको नयाँ संविधान संशोधन प्रस्तावले आन्दोलनरत मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन सहज हुने बुझाइ सरकार पक्षको छ ।
संविधान संशोधन विभिन्न ८ विषयमा गर्न खोजिएको छ । जसमा यसअघिको विधेयकमा रहेका ५ नम्बर प्रदेशको सीमांकन हेरफेर बाहेकका विषय यथावत राखिएको स्रोतले जनाएको छ । जसमा नागरिकता, भाषा र राष्ट्रिसभाको प्रतिनिधित्व सम्बन्धी व्यवस्था पहिलेकै विधेयक अनुसार यथावत रहेका हुन् ।
राष्ट्रियसभाका सांसदको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको मताधिकारलाई हटाउने भनी नयाँ प्रस्ताव गरिएको छ । विधेयकमा प्रदेश सभा गठन नभएसम्म त्यसको काम संघीय संसदले गर्ने व्यवस्था थपिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...