काठमाडौं, २८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री मोहनलाल चौधरीसहित १५ जना पूर्व गाविस अध्यक्षहरु सोमबार संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा प्रभावशाली नेता कार्यकर्ता ससफो नेपालमा प्रवेश गरेका हुन् । सघीय समाजवादी फोरम नेपाल पर्साले पचगवामा सोमबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा राप्रपाका पूर्व मन्त्री चौधरी, पूर्व पर्सा जिल्ला अध्यक्ष मुखदेव पञ्जियार, काँग्रेसका चर्चित नेता सलीम अन्सारी, एमालेका प्रभावशाली नेता जितेन्द्र यादवसहित भारी संख्यामा कार्यकर्ता ससफोमा प्रवेश गरेका उपाध्यक्ष लालबाबु राउतले जानकारी दिनुभयो ।
प्रवेश गर्नेमा नेपाली काँग्रेस ट्रेड यूनियनका केन्द्रीय सदस्य एवम् एनजीओ सिसीका अध्यक्ष रामनरेश यादव, एमाले राष्ट्रिय परिषद् सदस्य जितेन्द्र यादव, नेकपा माओवादी केन्द्र पर्साका पूर्व सचिव बालेश्वर गौरो, तमलोपा निकट शिक्षक यूनियनका पूर्व केन्द्रीय अध्यक्ष हरिहर दास कानू पनि फोरम नेपाल प्रवेश गर्नुभएको हो ।
पूर्व गाविस अध्यक्षहरु नागेन्द्र यादव, सलीम अन्सारी, भूपदेव राय थारू, काशीप्रसाद यादव, मुखदेव पञ्जियार, शिव राय थारू, कÞासिम अन्सारी, रूपनरायण पटेल, गौरीशंकर प्रसाद कलाकार, मुख्Þतार अन्सारी र वीरगञ्ज नगरपालिका १ का पूर्व अध्यक्ष श्यामसुन्दर साहसहित करिब दुई हजारको संख्यामा सक्रिय कार्यकर्ताको समूह फोरम नेपाल प्रवेश गरेको बताइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई फूलमाला र अबीरले स्वागत गर्नुभएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।