विर्तामोड युनाईटेड सेमिफाईनलमा - Naya Online

विर्तामोड युनाईटेड सेमिफाईनलमा

दमक, २८ चैत ।
झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता अन्तर्गगत सोमबारको खेलमा विर्तामोड युनाईटेड क्लब विजयी भएको छ ।
आदिवासी रंगशालामा जारी प्रतियोगितामा सोमबार उर्लाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विर्तामोड अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफमा गोलरहित बराबरि खेलेको टिमको जितका लागि दोस्रो हाफको ५औँ मिनेटमा जर्सी नम्बर १४ का कर्ण लिम्बूको पासको सदुपयोग गर्दै जर्सी नम्बर १५ का पुष्प मादेनले निर्णायक गोल गरेका थिए ।
उर्लाबारीले खेल अवधिभर आक्रमक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन । खेलको म्याद आफ द म्यच पुष्प मादेन घोषित भए । उनले नगद ३ हजार नगद प्राप्त गरे ।
नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानकको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत मंगलबारदेखि सेमिफाईनलका  खेलहरु हुने छन् । पहिलो सेमिफाईनल खेल पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर र लखनपुर ११ बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय ११ दोस्रो हुनेले नगद ५० हजार १ सय ११ र मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...