अब फरक ढङ्गमा मिस मङ्गोल - Naya Online

अब फरक ढङ्गमा मिस मङ्गोल

काठमाडौं । नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपाल अब नयाँ शैली र ढाँचामा आयोजना हुने भएको छ । सन् २००९ देखि सुरु भएको यो प्रतियोगिताको आठौं संस्करण पूरा भइसकेको छ भने अहिले नवौं, दसौं र एघारौं संस्करणको एकसाथ तयारी सुरु गरिएको छ । सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १०औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुने छ ।
मिस मंगोल आयोजना भएको १०औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गरिन लागेको हो । दसौं संस्करणको फाइनल विदेशमा आयोजना हुनेछ । प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा लगिन लागेको हो । मिस मंगोलका यी संस्करणले नेपाली सौन्दर्य प्रतियागिताको खस्कँदो क्रेजलाई उचाइ दिने विश्वास गरिएको छ । मिस मंगोल यस्तो प्रतियोगिता हो यसमा डाक्टर, पाइलट, इन्जिनियर, मोडेल, एअर होस्टेज, नर्सलगायत आआफ्नो क्षेत्रमा स्थापित युवतीले भाग लिने गरेका छन् ।
विजेता छनोटमा यसअघि उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलमा प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइँदै आएको थियो । यसवर्षदेखि प्रतियोगीको एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइने भएको छ । यसले प्रतिभावान्, जिम्मेवार र नयाँ दृष्टिकोण बोकेका विजेता छनोटमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितामा समावेश गरिकामध्ये मिस ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड विजेताले सिधै उत्कृष्ट १५ मा प्रवेश पाउने छन् ।
२०७४ जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यसवर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने छ । प्रतियोगीले अडिसन हुने सम्बन्धित शहरका आधिकारिक एजेन्सी वा मिस मंगोल नेपालको वेभसाइट www.missmongolnepal.com बाट डाउनलोड गरी आवेदन फारम भर्न सक्नेछन् । घटीमा एसएलसी पास, पाँच फिट वा सोभन्दा बढी उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल (आदिवासी जनजाति) युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् । त्यसैगरी मिस तामाङ, मिस राई, मिस लिम्बू,
मिस नेवालगायत आदिवासी जनजातिसँग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले भाग लिन चाहेमा बिना अडिसन सीधै प्रवेश पाउने छन् । त्यसैगरी सबै समुदाय वा क्षेत्रगत रूपमा भएका सौन्दर्य प्रतियोगितामा मंगोलियन युवती विजेता छन् भने उनीहरूले पनि सीधै प्रवेश पाउने छन् । तर मिस मंगोलका लागि तय गरिएका आधार सबैले पूरा गरेको हुनु पर्नेछ ।
अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रतियोगिताका बारेमा एकमहिने प्रशिक्षण प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तित्व विकास एवं करियरसँग सम्बन्धित विभिन्न विषयमा मिस मंगोल नेपालकी सीइओ पूर्वमिस मंगोल सुम्निमा देवानको नेतृत्वमा एक दर्जनभन्दा बढी कक्षाहरू दिइनेछ। प्रतियोगितामा शीर्ष उपाधिका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी, मिस डिस्सिप्लिन, मिस फ्रेन्ड्सिप, मिस लिडरसिप, मिस बेस्ट स्किन, मिस बेस्ट हेयर, मिस फोटोजेनिक, मिस पन्चुअल र प्रिभियस एक्सेलेन्स अवार्ड समावेश गरिएका छन् । मिस मंगोल नेपालका विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...