पिपुल्स टाइम्सको सातौँ वार्षिकोत्सव सम्पन्न - Naya Online

पिपुल्स टाइम्सको सातौँ वार्षिकोत्सव सम्पन्न

दमक, २७ चैत । 

झापाको दमकबाट पिपुल्स टाइम्स दैनिकले आफ्नो सातौं वार्षिकोत्सव सम्पन्न गरेको छ । आइतबार दमकमा आयोजित एक समारोहबीच “सातौं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०७३” सम्पन्न भएको हो ।
सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुले पत्रिकाको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले अब संघीय संरचनाको नयाँ नेपाल निर्माणसँगै सञ्चारमाध्यमहरुले स्थानीय समाचारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । स्थानीय स्तरका मिडियाहरुलाई स्थानीय संघसंस्थाहरुले बचाउन सके मात्र मिडिया बाँच्ने भन्दै “स्थानीय स्तरका विज्ञापन स्थानीय स्तरमा” भन्ने नारालाई प्राथमिकता दिनुपर्नेमा सापकोटाको जोड थियो ।
कार्यक्रमका विशेष अतिथि दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले अबको मिडियाले राष्ट्रिय भन्दा पनि स्थानीय स्तरका समाचारहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । अबका सञ्चारमाध्यमहरुले विकास पत्रकारितालाई जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्व सम्पादक कमन देवानले पिपुल्स टाइम्सको स्थापना कालमा धेरै दुःख कष्टका साथ स्थापित गर्न संघर्ष गर्नुपरेको अनुभूति सुनाउनुभयो । आजसम्म आउँदा पिपुल्स टाइम्सले न्यूनतम स्रोत र साधन प्रयोग गरेर स्थानीय स्तरमा सशक्त सूचना प्रवाह गरेको भन्दै देवानले उज्ज्वल भविष्यको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा शान्ति समितिका दमक नगर अध्यक्ष सुशील राई, माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी (गगन), मेची सहकारीका कोषाध्यक्ष लक्ष्मी दाहाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति लीला गुरागाईं, नेपाल दरुण दलका केन्द्रीय पार्षद भूमिराज राई, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियनका माइपश्चिम संयोजक विष्णु सुब्बा, पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोखरेल लगायतले पत्रिकाको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सभापतिको आसनबाट पत्रिकाका अध्यक्ष प्रविण चाम्लिङले विभिन्न चरणमा यस पत्रिकामा सम्पादन टिप फेरिने गरे पनि आफ्नो पत्रिकाले कुनै पार्टीको मुखपत्र जस्तो आभाष हुने गरी समाचार सम्प्रेषण नगरेको बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...