लखनपुर ११ सेमिफाइनलमा - Naya Online

लखनपुर ११ सेमिफाइनलमा

दमक, चैत २७ ।
झापको लखनपुरस्थित आदिवासी रंगशालामा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगितामा लखनपुर ११ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबारको खेलमा शरणामति फेन्स क्लब झापा–७ लाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै लखनपुरले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । लखनपुरका लागि खेलको १८ औँ मिनेटमा जर्सी नम्बर ९ का विकास लिम्बूले गोलको खाता खोलेका थिए । त्यस्तै खेलको दोस्रो हाफको पहिलो मिनेटमा नै जर्सी नम्बर ११ का वर्तमान राईले लखनपुरको अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको ८औँ, २४औँ र २९औँ मिनेटमा जर्सी नम्बर २७ का राज पौडेलले लगातार गोल गर्दै ह्याट्रिक गर्दै पूरा गर्दै फराकिलो जित सुनिश्चित गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।‘ए’ डिभिजनका खेलाडीले भरिभराउ रहेको दुई टिमको खेल प्रतिष्पर्धात्मक भएको थियो । खेल अवधिभर गोल गर्ने अवसर गुमाउँदा शरणामतिले फराकिलो अन्तरको हार व्यहोरेको हो ।
प्रतियोगिता अन्तर्गत सोमबारको खेल उर्लाबारी फुटबल क्लब र विर्तामोड युनाईटेड क्लबबीच हुने छ । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिता बैशाख २ गते सम्म चल्ने छ । प्रतियोगिताका विजयीले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले नगद ५० हजार १ सय ११ मेडल र ट्रफी प्राप्त गर्ने छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...