एपीएफ पाथीभरा विजयी - Naya Online

एपीएफ पाथीभरा विजयी

दमक, २६ चैत ।
झापाको लखनपुरमा जारी प्रथम पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सशस्त्र प्रहरी बल पाथीभरा गण ( एपीएफ) लखनपुर विजयी भएको छ ।स्थानीय आदिवासी रंगशालामा भएको खेलमा काँकडभिट्टा फुटबल टे«निङ्ग सेन्टरलाई १–० गोल अन्तरले पाखा लगाउँदै शसस्त्र प्रहरी बल अन्तिम चारमा प्रवेश गरेको हो । शसस्त्रका लागि खेलको २७औँ मिनेटमा सुशील राईले निर्णयक गोल गरे ।
निकै कडा प्रतिष्पर्धा भए पनि काँकडभिट्टाले गोल गर्ने अवसर पटक–पटक गुमाएको थियो । पहिलो हाफपछि काँकड्भिट्टाले एपीएफ विरुद्ध आक्रमक खेल प्रदर्शन गरेको थियो ।
खेलको २८ औ मिनेटमा डिएरीया भित्रै फल गरेपछि सशस्त्रका धनबहादुर श्रेष्ठ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि सशस्त्रले रक्षात्मक खेल खेल्दै आफूलाई विजयी बनाएको हो ।
सो खेलको म्यान अफ द म्याच सशस्त्रका शुसिल राई भए । उनले नगद ३ हजार प्राप्त गरे । म्या अफ दी म्याचको प्रायोजन दमक–४ का युवा व्यवसायी असिम राईले गरेका थिए ।
चैत २५ गतेदेखि शुरु भएको प्रतियोगिता बैशाख २ गतेसम्म चल्ने छ । प्रतियोगितामा पूर्वाञ्चलका चर्चित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोो हुनेले नगद ५० हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपजिजेताले ५० हजार १ सय ११ सहित ट्रफी र प्रमाण्पत्र पाउने छ ।
प्रतियोगिता अन्तरगत आइतबार लखनपुर ११ र शरणामती फेन्स क्लब झापा– ७ वीच स्पर्धा हुने आयोजक नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानका सचिव विष्णु सुब्बाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...